काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्द कोठाभित्र सुत्केरीको मृत्यु


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्द कोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महीनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् ।

श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्यु भएको हो ।

खबर लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको अवलोकनपश्चात शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक मगरको पाँच वर्षीय छोरी एउटा र अन्य साना दुई छोरी छन् । घटनाको प्रकृति हेर्दा चिसो भुईंमा र कोठाको झ्यालढोका सबै बन्द गरी दाउरा बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने आशङ्का रहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएका छौँ । थप अनुसन्धान भइरहेको छ ।” शवको रिपोर्ट आएपछि मात्रै यथार्थ जानकारीमा आउने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com