अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।

प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४-७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन ।

कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफन्त र परिचितबाटै हिंसा हुने गरेका कारण यस्ता हिंसा न्यूनीकरणका लागि साँखुस्थित महानगरीय प्रहरी प्रभागले शङ्खरापुरका विद्यालयहरूमा लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानूनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।

अहिले आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिले यौनजन्य अपराधका घटना तथा हिंसा वृद्धि गराएको पाइएकाले यसबाट सचेत रहन के गर्ने र के–कस्ता गतिविधि गरे कानूनअनुसार दण्डित होइन्छ भन्ने विषयमा विद्यार्थीलाई सचेतना शिक्षा दिँइदै आएको उहाँको भनाइ थियोे ।

साँखु, पटाप, चाँपकोबोट, नाङ्गेभारे, सलम्बुटारलगायत क्षेत्रका नौ विद्यालयमा सो कक्षा सञ्चालन गरिएको र अन्य थुप्रै विद्यालयमा पनि कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

यस्ता कक्षा सञ्चालन भएपछि बालबालिकाले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

प्रायः माध्यामिक तहमा अध्ययनरत विद्यार्थी सानै उमेरमै लागु औषधकोे दुव्र्यसनमा फस्ने गरेको प्रहरीको भनाइ छ ।

यस्तो क्रियाकलापमा पक्राउ पर्नेमा १२ देखि २३ उमेर समूहका बालबालिका सहितका व्यक्ति रहेकाले पनि विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्ने शङ्खरापुर नगरपालिका समाजसेवी पुरुषोत्तम चौलागार्इंले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com