अटेर गर्ने कर्मचारीलाई कारबाही : पण्डित


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।

गोरखापत्रसँग बुधबारको कुराकानीमा मन्त्री पण्डितले सङ्घीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवालाई घरदैलोमा पु¥याउन सङ्घीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत उहाँले दिनुभयो ।

कर्मचारी समायोजन गर्दा निजामती कर्मचारीलाई आवश्यक रुपमा सरकारले प्रोत्साहन सुविधा प्रदान गर्ने भएकाले नकारात्मक विषयको पछाडि नलाग्न उहाँले आम कर्मचारीलाई आव्हान गर्नुभयो । “समायोजन कर्मचारीका निम्ति अवसरको पुलिन्दा हो । समायोजनबाट तर्सिनुपर्ने, मुख अमिलो बनाउनुपर्ने कुनै कारण छैन” मन्त्री पण्डितले भन्नुभयो–‘आन्दोलनको नाममा मुलुकमा अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनअनुसार कारवाही हुन्छ ।’

कर्मचारी मनचिन्ते रोगबाट ग्रसित भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “कर्मचारी ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।” समायोजन प्रक्रियामा सरकारले कर्मचारीलाई आवश्यक प्रोत्साहन सुविधा प्रदान गर्न लागेको बताउँदै उहाँले दुर्गम ठाउँमा समायोजन हुने कर्मचारीलाई थप सेवा सुविधा प्राप्त हुने प्रष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कर्मचारी समायोजनका लागि २१ दिने सूचना जारी गरी कर्मचारीको इच्छा जाहेरको काम भइरहेको बताउनुहुँदै मन्त्री पण्डितले आवेदन नभर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभयो । “आवेदन नभर्ने कर्मचारी पनि सरकारका कर्मचारी हुनेछन्, जागीर खाँदा बुझाएको नागरिकताको ठेगानालाई आधार बनाएर समायोजनको काम गर्छौं” मन्त्री पण्डितले भन्नुभयो ।
सरकारी जागीर खाइसकेपछि सरकारले खटाएको ठाउँमा जाँदैनौ भन्ने कर्मचारीलाई छुट छैन भन्दै मन्त्री पण्डितले भन्नुभयो, “अटेर गर्ने, जिम्मेवारी निर्वाह नगर्ने कर्मचारीलाई घर पठाउनुबाहेक सरकारसँग अर्को विकल्प रहँदैन ।” सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न अगाडि बढेकाले सो अभियानमा साथ दिन उहाँले सबै कर्मचारीलाई आव्हान गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com