सरकारी कार्यालयमा एउटै नम्बरप्लेटका तीन गाडी, कार्यलय प्रमुख बेखबर


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला ।

बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् ।

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् । कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बतायो ।

प्रहरीबाटै बरामद भएको थियो कार
राजश्वका कर्मचारीले एउटै नम्बर प्रयोग गरेर चढ्ने गरेको तीनवटा कारमध्ये एउटा गत १३ भदौमा प्रहरीबाटै बरामद गरिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर बीरगञ्जबाट चितवनतर्फ लगिरहेका बेला राजश्व अनुसन्धान कार्यालय, पथलैयाको चेकपोस्टबाट बरामद भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युपी १३ बीबी ७२६० नम्बरको सुकुकी ब्रिजा कार राजस्वले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, राजश्व अनुसन्धानका कर्मचारीले नियमानुसार लिलाम नगरी जथाभावी नम्बर राखेर चढिरहेका छन् । बुधबार बिहान र अपराह्न फरक–फरक नम्बर प्रयोग गरिएको पनि सोही ब्रिजा कारमा हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाउने तयारी
फरक–फरक नम्बर प्रयोग गरि राजश्व कार्यालयका कर्मचारीले चढ्ने गरेको सुविधाजनक सुजुकी व्रिजा र सुजुकी इरिट्जा कार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीका लागि पठाउने तयारी गरिएको छ । केही दिनमै काठमाडौं पठाउन लागिएको स्रोतले जनाएको छ ।

दुई गाडी सरकारीकरण गर्ने प्रक्रिया पुरा भएको राजश्व अनुसन्धान कार्यालय प्रमुख बिसीले बताए । ‘गाडी नेपाल सरकारको नाममा आइसकेको छ, अब लिलाम गर्ने वा हस्तान्तरण गर्ने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने ।

पाँच घन्टामै नम्बर परिवर्तन
बुधबार बिहान ११ः३० बजे राजस्व अनुसन्धान परिसरमा भेटिएका एउटै नम्बरका तीनवटा गाडीका विषयमा सोध्दा कार्यालय प्रमुख बिसीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । तर, अपराह्न ४ बजे भने नम्बरप्लेट परिवर्तन गरिएका थिए ।

बिहान बा १२ च ६७९० नम्बरप्लेट रहेको एउटा गाडीमा अपराह्न ना २ च ९५१० नम्बरको प्लेट राखिएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार ना २ च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता छ ।

कार्यालय प्रमुख बिसीले उक्त नम्बर कहाँबाट लेखियो भन्ने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘मैले लेख्या त होइन, अब कार्यालयका साथीहरूले किन नम्बर चेन्ज गरेछन् म बुझछु । आज यो समाचार लेखेर भोलि फलोअपमा आउनुस् अनि भनुँला’ उनले भने । त्यस्तै, अर्को गाडीको नम्बरप्लेट हटाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com