जाँड–रक्सी खाने पैसाले बीमा गर्नुहोस् :धुर्मुस–सुन्तली
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस–सुन्तली बझाङ चैनपुरमा आउने भनेपछि सदरमुकाम चैनपुर र कार्यक्रमस्थल खुल्लामञ्चमा मानिसहरुको बाक्लो भिडभाड थियो ।एकाएक खुल्ला मञ्चको स्टेजमा हास्य कलाकार सि ताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले हास्य व्यंग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दर्शकहरुको तालीको गड्गडाहट सुनियो ।बझाङ प्रवेश हुने जयपृथ्बी राजमार्ग साधुरो तथा खाल्डा–खुल्डी भएको अवस्था झल्काउँदै नेताहरुले सडक फराकिलो र सुधार नगरेको भन्दै व्यंग्य गर्नुभयो ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषहरुलाई लक्षित गर्दै भनिन्, ‘रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।’ महिलाहरुलाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरिन ।पहिलो पटक बझाङमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकहरुलाई जाँड रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो ।






