सहचालकले ट्रक चलाउँदा तीन पैदलयात्रीको गयाे ज्यान


प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार

सहचालकले चलाएको ट्रकले शुक्रबार बिहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा तीन पैदलयात्रीको मृत्यु भएको छ ।

लोलाङ माइक्रोपार्कनजिकैको मेट्रो ट्रेडर्समा सिमेन्ट झारेर फर्कने क्रममा ना६ख ७८२६ नम्बरको १२ पांग्रे ट्रकले सडक पेटीबाट पैदल हिँडिरहेका तीनजनालाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजनाको अस्पतालमा मृत्यु भएको राजधानीदैनिकमा खबर छ ।

गोर्खा भीमसेन गाउँपालिका स्थायी घर भई हाल काठमाडाैंको तारकेश्वर नगरपालिका–५ बोहोराटार बस्दै आएकी ७० वर्षीया तिलकुमारी तिवारीको घटना स्थलमै मृत्यु भएको थियो । ट्रकले उनको टाउकोदेखि छातीसम्म किचेको थियो ।

त्यस्तै, उनको ४ वर्षीय नाति आशिष तिवारीको काठमाडाैँको धापासीस्थित ग्रिनसिटी अस्पताल पुर्याउने क्रममा मृत्यु भएको थियो । यसैगरी, काठमाडाैँको तारकेश्वर–४ लोलाङ बोहोराटार बस्ने ६० वर्षीया सावित्री पुडासैनीको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com