एप्पलका मालिक टिम कुक भन्छन्–समलिङ्गी हुनु भगवान्को सबैभन्दा ठूलो उपहार


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

चारवर्ष अगाडि मात्र एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफू समलिङ्गी पुरुष अर्थात ‘गे’ भएको खुलासा गरि सबैलाई अचम्मित पारेका थिए । यसरी उनी विश्वकै सबैभन्दा ठूलो कम्पनीको पहिलो समलिङ्गी मालिक बनेका हुन् । यसैबारे संचार माध्यम सीएनएनसँग बोल्दै उनले आफू सो पहिचानसँग अत्यन्तै खुसी रहेको र समलिङ्गी बन्ने आफ्नो निर्णयप्रति पनि पूर्ण सन्तुष्ट रहेको बताएका हुन् । बुधबारको अन्तर्वार्तामा उनले भने, ‘मलाई यसप्रति निकै गर्व छ ।’

समलिङ्गी पुरुष हुनु आफ्ना लागि भगवान्को सबैभन्दा ठूलो उपहार रहेको बताउँदै उनले यसबारे खुलेर कुरा गरेका हुन् । वास्तवमा उनको लैङ्गिक पहिचानबारे लामो समयसमम विवाद चलिरहेपनि उनले यसबारे खुलेर बताएका थिएनन् । यसपछि २०१४ मा मात्र उनले आफ्नो वास्तविक पहिचान सार्वजनिक गरेका हुन् । उनले भने, ‘मैले आधिकारिक बयान दिनै पर्ने भयो किनकी मलाई धेरै बालबालिकाहरुले म समलिङ्गी भएको समाचार सुनेको भन्दै भावुक पत्रहरु पठाइरहेका थिए ।’ उनका अनुसार बालबालिकाहरुले उनलाई इमेल र पत्रमार्फत आफू पनि समलिङ्गी भएको तर यसकारणले सधैँ दुव्र्यवहारको शिकार हुनु परेको गुनासो गर्ने गर्दथे ।

यस्तोमा आफू निजी जीवनबारे गोप्य रहन मन पराउने भएपनि यो विषयमा चुप रहेर चाहिँ आफू केबल स्वार्थी मात्र ठहरिने भान भएपछि आफूजस्तै अन्य मानिसहरुलाई प्रेरणा र मद्दत मिलोस् भनेर आफूले सबै सामु खुलासा गरेको उनले बताए । उनी भन्छन्, ‘त्यसबेला मैले म जस्ता लाखौँ मानिस तथा बालबालिकाहरुका निम्ति केही गर्नैपर्ने महसुस भयो । म सबैलाई यो बताउन चाहन्थेँ कि समलिङ्गी भएपनि जीवनमा आफूले चाहे अनुसार ठूलो कम्पनीमा वा जस्तोसुकै उच्च पदमा पनि काम गर्न सकिन्छ ।’ यसरी यो घटनाले आफूलाई एक लिडरका रुपमा प्रस्तुत गरेको बताउँदै उनले फेरि भने, ‘अल्पसंख्यक हुनु कस्तो हुँदो रहेछ मैले यसैपछि थहा पाएँ । यसले तपाईँलाई अरुको भवाना बुझ्न मद्दत गर्ने रहेछ ।’

त्यसैगरी उनले आफ्नो करीअरमा आफूले पनि धेरैपटक अनुचित व्यवहारको सामना गर्नुपरेको बताए । तर कतिपय अवस्थामा त्यो पनि जीवनमा अघि बढ्न धेरै लाभदायी साबित हुने उनले बताएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com