यसरी ह्वात्तै घट्ने भयो नेपाल–समुद्रबीचको दुरी : देशलाई हुनेभयो अर्बौ मुनाफा !


प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार

नेपाल एक भुपरिवेष्ठित मुलुक हो नेपाल समुद्रसँग जोडिएको छैन । नेपालले सामुद्रीक व्यापारको लागि भारत वा चीनको मुख ताक्नुपर्ने आजको वाध्यता रहेको छ । सरकारले यस्तो व्यापारलाई सहज बनाउनको लागि अनेक प्रयास गरिरहेको छ । यो विचमा केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नोपलले अन्तिम चरणमा पुर्याएको छ । मस्यौदामा सहमति जुटे नेपालको समुद्रसँगको दूरी निकै छोटिनेछ ।

मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, प्रस्तावनालाई पूर्णता दिने काम दसैं बिदापछि कार्यालय खुलेसँगै पुनः अघि बढेको छ । “अब हामी छिट्टै संशोधनको अवधारणपत्र भारतीय पक्षलाई पठाउनेछौं, के कस्तो संशोधन राख्ने भन्नेबारे करिब९करिब सहमति भइसकेको छ”, मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, “संशोधित सन्धिले हामलिाई भारतमा निर्मित जल संरचनामार्फत सामान ढुवानी गर्ने बाटो खुला गर्नेछ ।”

भारतले कलकत्तादेखि बनारससम्म २५ सय मेट्रिक टनसम्म भारवहन क्षमताका मालवाहक जहाज चल्ने जलमार्ग विकासलाई तीव्रता दिइरहेका बेला गत अप्रिल ७ मा उक्त संरचना नेपाललाई पनि प्रयोग गर्न दिने गरी नयाँ कनेक्टिभिटीमा समझदारी भएको थियो । त्यसलाई मूर्त रुप दिन दुवै देशका अधिकारी सम्मिलित संयुक्त अध्ययन टोली बनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com