आज दशैको मूख्य दिन विजयादशमी,टीकाको साइत ९ बजेर ५१ मिनेटमा


प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार

आज दशैको मूख्य दिन विजयादशमी । आजको दिन मान्यजनबाट टीका र जमारा लगाउने परम्परा छ । आज देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

आज बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादशैं समापन हुनेछ ।

अष्ट्रेलियामा दशैंको टिकाको उत्तम साईत,कुन शहरमा कहिले ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिन्दू समाज अष्ट्रेलियाका अनुसार अनुसार विजया दशमीको टीकाको साईत सिड्नीमा १९ अक्टोबरका दिन दिउँसो २ बजेर ४९ मिनेटदेखि तीन बजेर ४० मिनेटसम्मको रहेको जनाइएको छ । यस्तै मेलबर्नमा दिउँसो सवा तीन बजेदेखि ४ बजेर ७ मिनेटसम्म, ब्रिसबेनमा एक बजेर ३९ मिनेटदेखि २ बजेर ३० मिनेटसम्म, एडिलेडमा ५ बजेर १० मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, क्यानबेरामा २ बजेर ५८ मिनेटदेखि तीन बजेर ४९ मिनेटसम्म, तास्मानियामा तीन बजेर ८ मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, पर्थमा २ बजेर १० मिनेटदेखि तीन बजेर एक मिनेटसम्म, डार्विनमा २ बजेर ३४ मिनेटदेखि तीन बजेर २३ मिनेटसम्म उत्तम साईत मानिएको छ ।

यो समयमा टिका लगाउँदा ईच्छाएको पूरा हुने, धार्मिक संकल्पअनुसारको शुभ साईतमा टिका लगाउँदा र आफूभन्दा ठूला मानिसहरुबाट आशिर्वाद लिँदा वर्षाभरि नै शुभ फल मिल्ने बताइएको छ । यद्यपि, यो शुभ साईतभन्दा अन्य समयमा पनि विजया दशमीको दिन टिका लगाउन सकिने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com