प्रचण्डले वीरेन्द्रलाई भेट्न खोज्दा वंशनाश, मदन भण्डारीलाई भेट्न खोज्दा दासढुंगाकाण्ड


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी र तत्कालिन राजा वीरेन्द्रलाई भेट्ने योजना अपूरो रहेको खुलासा गरेका छन् । पत्रकार शुभशंकर कँडेलबाट लिखित पुस्तक अवतरणमा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

पुस्तकमा उल्लेख गरिए अनुशार विभिन्न चारघटक मिलेर नेकपा एकताकेन्द्र बन्दा पनि प्रचण्डलार्ई पार्टीको शक्ति सोचेजस्तो लागेनछ । त्योबेला अर्थात् २०४६ सालको जनआन्दोलन लगत्तैबाट वामपन्थी पार्टीहरुमध्ये सबैतिर मदन भण्डारीको चर्चाले शिखर चुमेको समय थियो । भण्डारीको भाषण र भाषण गरिरहेको आभा देख्दा यो मानिससँग पनि भेटेर कुरा गर्नुपर्छ भन्ने लागेछ ।

२०५० वैशाख अन्तिमसाता मदन भण्डारीसँग प्रचण्डले भेट्न चाहेको जानकारी मदन भण्डारीकहाँ पुग्यो । भण्डारीको कार्यव्यस्तता र उपत्यका बाहिरका कार्यक्रम भएकाले जेठ पहिलो हप्ता काठमाडौं बाहिरबाट भण्डारी फर्केपछि भेट्ने तय भएको थियो । तर दुर्भाग्यबस् उनीहरुले भेट्ने भनेको समयभन्दा पहिले नै विसं २०५० जेठ ३ गते पोखराबाट चितवनको कार्यक्रमका लागि जाँदै गर्दा चितवनको दासढुङ्गामा मोटर दुर्घटना गराएर मदनको हत्या भयो ।

मदनको हत्यापछि प्रचण्डको दिमागमा शान्तिपूर्ण बाटोबाट हिंड्न खोजे पनि आखिरी मदनकै हालत हुने भएपछि किन जनयुद्धको बाटो नजाने ? आखिर मर्नु त एकदिन छँदैछ । देश र जनताका लागि कुर्बानी नै गरेर मर्ने भन्नेमा उनको मन अरु बढी दरिएको पुस्तकमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै प्रचण्डको दिमागमा एकपटक राजा वीरेन्द्रको माओवादी जनयुद्धका बारेमा के धारणा छ भन्ने बुझ्न मन लागेछ । त्यसपछि उनले दरबारिया दूतहरुसँग आफूले विश्वास गरेका मानिसहरुलार्ई सम्पर्क गर्न लगाए ।

जनयुद्ध फैलिंदै गएको थियो भने दमनका लागि २०५४ देखि हरेक सरकारले सेना परिचालनका लागि दरबारसँग हारगुहार गरिरहेका थिए । यो स्थितिबाट उम्कन प्रचण्डले एकातिर दलका नेताहरुसँग र तिनका निकटस्थहरुसँग सम्वाद सुरु गर्ने र अर्कातिर दरबारसँग पनि सम्पर्क अघि बढाउने रणनीति बनाएका थिए ।

तत्कालीन समयमा पनि भारत र चीनका लागि दरबारका दूत रमेशनाथ पाण्डेले माओवादी सुप्रिमो प्रचण्ड र बाबुराम भट्टराईलार्ई दिल्ली गएर लामो छलफल गरे । पाण्डेले राजा वीरेन्द्रलार्ई जानकारी गराएर मात्र होइन कि राजनीतिक म्याण्डेट समेत दिएर पठाएका थिए वीरेन्द्रले पाण्डेलार्ई ।

काठमाडौं वरिपरि जाने र केही क्यामोफ्लाईज गरेर वीरेन्द्रलाई भेट्ने तयारी भएको थियो । तर प्रचण्डले खबर पठाएको केही समयमा दरबार हत्याकाण्ड भयो । त्यतिबेला काठमाडौंको नागार्जुन वा चितवनको दियालो बंगलामा वीरेन्द्र र प्रचण्डको वार्ता गराउने तयारी भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com