४० लाखमा आफ्नो खेत बेचेर गाउँमा पानी र बाटो पुर्याउने वडाध्यक्षलाई सम्मान स्वरुप १ सेयर गरौं


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

चुनावमा सबैजसो उम्मेदवारको मुखमा झुन्डिने नारा हो– विकास गर्छु, खानेपानी ल्याउँछु, बाटो ल्याउँछु, बिजुली ल्याउँछु। तर चुनाव जितेपछि विकास त कता हो कता गाउँमा फर्केर आएको समेत देख्न पाईदैन । तर पोखरा महानगरापलिकाको वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले भने आफ्नो खेत बेचेर वडामा पानी र बाटो पुर्याए । उनले घरघरमा पानीको धारा पुर्याउन निजी जमिन नै धितो राखेर योजना अघि बढाएका हुन् ।

भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि उपभोक्ताका तर्फबाट धरौटी राख्न तत्काललाई नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्ष आचार्यले हालेका छन् । उक्त रकम हाल्न वडाध्यक्षले महानगरपालिका ३१ बेगनासताल नजिकैको १० आना घडेरी बिरुवा बचत तथा ऋण सहकारी संस्थामा धितो राखेका हुन् । उनकै भनाइमा गाउँका लागि निजी जमिन धितो राखेर उनले पैसा निकालेको यो पहिलोपटक होइन । यसअघि पनि गाउँकै अर्को खानेपानी आयोजनाको अध्यक्ष रहिसकेका उनले भने, ‘पोखरा–१७ दोबिल्लाबाट निर्मलपोखरी गाउँसम्म साढे ४ किलोमिटर बाटो लैजाँदा पनि घर धितो राखेर डोजर लगेको थिए ।’

खानेपानीका लागि सरकारले ल्याएको सहलगानीको अवधारणामा पोखरा २१ र ३३ का ती गाउँमा खानेपानी आयोजना सुरु हुँदैछ। २ हजार ७९ घरमा एकरएक धारा र्पुयाउने गरी सुरु हुन लागेको आयोजनाका लागि उपभोक्ताले खानेपानी तथा ढल निकास विभाग मातहतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयसँग सम्झौता गर्नुपर्ने थियो । ३० करोड रुपैयाँको आयोजना सम्झौताका लागि उपभोक्ताका तर्फबाट १ करोड ५० लाख जुटाउनुपर्नेमा नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्षले आफ्नै जग्गा धितो राखेर निकालेको आयोजनाका अध्यक्ष दाताराम शर्माले जानकारी दिए ।

नपुग पैसा त्यसरी जुटाइएपछि उनै वडाध्यक्ष आचार्य र वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य साक्षी रहेर आयोजनाका अध्यक्ष दाताराम शर्मा र खानेपानी तथा ढल निकास विभागअन्तर्गतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका नन्दलाल बन्जाडेले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरे । सहलगानीको अवधारणा अनुसार उपभोक्ताले ५ प्रतिशत संकलन गर्नुपर्ने भएको हुँदा प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँका दरले उठाइएको आयोजनाका अध्यक्ष शर्माले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘वडाध्यक्षले पैसा त्यसरी ननिकालेको भए आयोजनाको सहमति गर्न ढिला हुन्थ्यो, काम सुरु गर्न ढिला हुन्थ्यो’, शर्माले भने, ‘अब एक महिनापछि नै टेन्डर निकालेर बेलैमा आयोजना पूरा गर्छौँ।’ अहिलेसम्म १ हजार २ सय ७१ घरधुरीबाट पैसा संकलन गरिसकिएको र बाँकीबाट उठेपछि वडाध्यक्षको धितो फुकुवा गरिने जानकारी उनले दिए ।

उनका अनुसार फुर्सेखोला किनारको जमिनमुनिको पानी लिफ्ट प्रविधिबाट डाँडामा र्पुयाएर प्रशोधन गरी वडा नम्बर २१ र ३३ को टाकुरा र दक्षिणी भेगका घरघरमा र्पुयाउने यो आयोजनाको लक्ष्य हो। सन् २०२० सम्म एक घर एक धारा पाउने सरकारी लक्ष्यअनुसार आएको अवधारणा ‘सहलगानी’को बाटो हुँदै गाउँमा पानी ल्याउने जुक्ति भने पूर्व सांसद रवीन्द्र अधिकारीले फुराएको आयोजना अध्यक्ष शर्माले बताए । ‘टेन्डर स्वीकृति भएको मितिले साढे २ वर्ष्भित्र आयोजना पूरा हुन्छ,’ उनले भने, ‘पानीको अभाव हुँदैन, सेवा र मर्मतका लागि कर्मचारी खटाइन्छ, पानी पुगेपछि कृषि र पर्यटनको विकास हुने विश्वास गरेका छौं ।’ कृषि र पर्यटनको विकास हुँदा स्थानीयको आर्थिक अवस्था उकासिने विश्वास पनि उनले सुनाए ।

उपभोक्ताले १०, स्थानीय तह र अन्य संघसंस्थाले २० र सरकारले ७० प्रतिशत पैसा हाल्ने सहलगानी अवधारणा रहेको आयोजनाका सचिव खेमराज भण्डारीले बताए । ‘पहिलो चरणका लागि हामीले उपभोक्ताले ५ प्रतिशत जुटाएका हौं’, उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com