अष्टमीसम्म काठमाडौं सुनसान हुने


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

नेपालीहरूको महान् चाड विजयादशमी मनाउन आआफ्नो घर जाने यात्रुको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ । बजारमा किनमेलका लागि भीडभाड बढेको छ भने काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या पनि हरेक दिनजसो बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।

महाशाखाका अनुसार शुक्रबार १ लाख ५७ हजार ९५१ यात्रु दशैँका लागि बाहिरिएका छन् । त्यसभन्दा अघिल्लो दिन बिहीबार १ लाख १० हजार ३२७ जना यात्रु बाहिरिएका थिए । सरकारले ५ असोजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । त्यस दिनदेखि शुक्रबारसम्म १८ लाख १३ हजार ६०१ यात्रुले उपत्यका छाडेको महाशाखा प्रमुख वसन्त पन्तले बताए । उनका अनुसार फूलपातीका दिनसम्म २० लाख यात्रु बाहिरनेछन् भने अष्टमीसम्म उपत्यका सुनसान हुनेछ ।

गत वर्ष दसैं मनाउन २४ लाखभन्दा बढी यात्रुले उपत्यका छाडेका थिए । ५ असोजदेखि शुक्रबारसम्म २ लाख ११ हजार ५६५ वटा सार्वजनिक सवारी बाहिरिएका छन् ।

त्यस्तै, उपत्यकाका विभिन्न स्थानका टिकट काउन्टरबाट कुल १ लाख ४२ हजार २४१ वटा टिकटको अग्रिम बुकिङ भएको छ । तर, अहिलेसम्म १९ लाखको हाराहारीमा यात्रुहरू बाहिरिएका छन् । अधिकांश यात्रुहरू अग्रिम टिकट बुकिङ नगरी आफ्नो घर जाने गरेका छन् । जसले गर्दा बढी भाडा लिने तथा टिकटमा कालोबजारी बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कालोबजारी गर्ने सवारीहरूमा साना सवारीसाधन बढी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार बढी भाडा लिने ५० भन्दा बढी साना सवारीलाई कारबाही गरिएको छ । ती सवारीलाई २ देखि ५ हजारसम्म जरिमाना तथा कसुर हेरी रुट परमिट खारेज गर्ने व्यवस्था छ । विभागले सहज यात्राका लागि दैनिक अनुगमन गरेको जनाएको छ ।

त्यस्तै, विभागका अनुसार टिकटमा कालोबजारी रोक्न तथा सर्वसाधारणको यात्रा सफल पार्न मुलुकैभरि रुट परमिट खुला गरिएको छ । मुलुकभरि रुट परमिट खुला भएपछि उपत्यकाभित्र चल्ने साना तथा ठूला सवारीसाधन पनि उपत्यकाबाहिर जान पाउने विभागले जनाएको छ ।

त्यति मात्रै होइन, विभागले सर्वसाधारणको सहज यात्राका लागि नारायणगढ तथा काठमाडौं सडकखण्डमा ठूला मालबाहक सवारी निषेध गरेको छ । सो सडकखण्डमा १६ र १८ चक्के मालवाहक गाडीलाई निषेध गरिएको छ । त्यस्ता मालबाहक गाडीहरू २४ असोजदेखि ३१ असोजसम्मका लागि चितवनको नारायणगढमै रोकिने विभागले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com