४ बर्षिय बालिका माथी बलत्कारको प्रयास, ओठभरी घाउ नै घाउ, बालिकालाई हन्हन्ती ज्वरो (स्थलगत रिपोर्ट)


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २५ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् । मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा याम्दीकै सुजन श्रेष्ठ हुन् । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको बताएकी छिन् ।उनको कृयाकलापबाट बालिकाको ओठमा घाउ परेको छ भने हन्हन्ती ज्वरो समेत आएको पारिवारिक स्रोतले बताएको छ ।

युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् ।यस्तो घटना लुकाउन नहुने भन्दै पराजुलीले सक्रियता देखाएपछि श्रेष्ठ पक्राउ परेका हुन् । बलात्कारको प्रयास गरेको कुरा अभियुक्तले स्वीकार गरेको बताइन्छ । बालिकाका परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com