आश्चर्यमा ओलीः ‘माओवादी केन्द्रमा ४ हजार मान्छे कहाँबाट पुगे?’


प्रकाशित मिति : मंसिर २३, २०७३ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रले एमालेलाई बदनाम गरिरहको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार भएको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्र जसरी पनि एमालेलाई खुइल्याउने र अपमानित गर्ने कार्यमा क्रियाशील रहेको दावी गरे। ‘माओवादी आफू सभ्यताको पालना नगर्ने, असभ्य व्यवहार देखाउने र एमालेलाई जसरी पनि बदनाम गर्ने कार्यमा क्रियाशील छ’, ओलीले भने, ‘लाञ्छित गर्दैमा एमाले किञ्चित डगमग हुँदैन। हामी प्रतिपक्षमा भए पनि मुलुकको समृद्धिको यात्रामा छौँ।’

माओवादी केन्द्रलाई व्यंग्य

अध्यक्ष ओलीले माओवादी केन्द्रको जनाधार नरहेको भन्दै व्यंग्य गरे। ‘केन्द्रमात्रै छ, जनता छैनन्’, ओलीले भने, ‘माओवादी भनेकै केन्द्र हो भन्ने बुझ्नुस् न। माओवादी केन्द्रले बुधबार ३ हजार ९९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो। माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको आकारका विषयमा ओलीले आश्चर्य प्रकट गरे। ‘केन्द्रमा ४ हजार कहाँबाट पुगे? अचम्म परेको छु’, ओलीले भने।

सरकारको गियर फस्यो

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अध्यक्ष ओलीले एमाले बाहेक कसैले पनि प्रभावकारी ढंगले सरकार चलाउन नसक्ने दावी गरे। ‘हामी अहिले सरकारमा जाँदैनौँ। तर एमाले बाहेक अरुले सरकार चलाउनै सक्दैन भन्ने देखियो’, ओलीले भने, ‘कांग्रेस माओवादीको पनि गियर फसेको देख्नुएन?’ एमाले जनमतका साथ सरकारमा जाने ओलीको भनाई छ।

निर्वाचन

उनले तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरे। ‘निर्वाचन घोषणा तत्काल गर्नुपर्‍यो। यो सरकार शासन चलाउन होइन’, उनले भने, ‘संक्रमणकाल टुग्याएर निवार्चन गर्नतिर लाग्नुपर्छ। चुनाव गर्ने प्रस्ताव थन्क्याइएको छ। निर्वाचन कानुन बनेको छैन।’ निर्वाचन गर्न नसके सरकारमा बस्ने कुनै नैतिकता नहुने उनले जिकिर गरे। निर्वाचन टार्न सरकारले संशोधन विधेयक ल्याएको उनले दावी गरे।

‘निर्वाचनको कुरा थक्याएर संविधान संशोधन अघि सारेका छन्। संविधानमाथि थिचोमिचो गर्न हामी संविधान संशोधन गर्न दिँदैनौँ।’ धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राजनीतिक समितिका सदस्य तथा खसान प्रदेश प्रमुख बीरेन्द्रबहादुर बोगटीको नेतृत्वमा केन्द्रीय सदस्य ओमकृष्ण प्रसाईं सहित ९२ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।-थाहाखवर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com