बाख्रीमा सुपर ग्लू टाँसेर खसी  बनाई विक्रि


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

चाडपर्वको बेलामा मासुको माग बढ्दा खसीको मासुमा बाख्राको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको छ । बजार अनुगमनको क्रममा परासी बजारमा खसीको मासु देखिने गरि सुप र ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि रहस्य सार्वजनिक भएको हो । बुधबार परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेट्यो जुन सुनेर धेरै व्यक्तिलाई अचम्मित बनायो ।

अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको अनुगमन समितिले जनाएको हो । हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।

उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ । मासु व्यवसायीहरू एकातिर खशीको मासुको रेटमा झुक्काएर बाख्रीको मासु बेच्ने अर्कोतर्फ सुपर ग्लु जस्तो पदार्थको प्रयोगले त्यो मासु खान कतिको उचित र अनुचित हुन्छ त्यो तपाई उपभोक्ताले नै विचार गर्नुपर्ने कुरा हो । एकातिर मासु शुद्ध छैन अर्कोतर्फ उचित मूल्य र मूल्यमा एकरूपता छैन ।

फुटपातमा बेचिने मासु बिक्रीबाट बचेपछि घर लगेर फ्रिजमा पनि हालिँदैन त्यहि बिग्रेको मासु भोलिपल्ट फेरि अर्को बजारमा आइपुग्छ । जिल्लाको सदरमुकाम परासी बजारमा रहेको आधा दर्जन मात्र खसीको मासु पसल दर्ता छन् । जिल्लाको विभिन्न हाटबजार र फुटपातमा लगाइने खसीको मासु पसल सय भन्दा बढि नै छन् तर ९० भन्दा बढि पसल नै दर्तामा छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खशीको मासु बेच्ने मासु व्यवसायीहरू गाउँ–गाउँमा खरिद गरेका बाख्रीहरूलाई खशीको मासु भन्दै उपभोक्ताहरूलाई झुक्याउने र ठग्ने गरेका छन यसको नियन्त्रण र निरन्तर अनुगनमका लागि अनुगमन समिती र सम्बन्धित निकाय भने मौन बसेको छ । खसी मात्र होईन, कुखराको मासु पसलमा पनि उस्तै हालत छ । सदरमुकाम परासी बजारमा रहेको एक दर्जन भन्दा बढि पसल सम्बन्धित निकायमा दर्ता छैनन तर जिल्ला भरि हेर्ने हो भने सयौँको संख्यामा कुखुराको मासु पसल छन् ।

सडकका छेउ–छाउ र हाटबजारमा अव्यस्थित तथा दर्ता नभएको कुखुरा मासु पसललाइ पनि नियन्त्रण गर्ने तर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । परासी लगायत सिमा क्षेत्रका बजारहरूमा रहेको अधिकांश कुखुरा मासु पसलले भारतबाट बर्डफ्लु संक्रमण भएको कुखुरा एवं अवैध कुखुरा नेपाल भित्राई सोको मासु विक्री वितरण गरेको पाईन्छ । भारतीय कुखुरा र कुखुराको चल्ला नेपालमा प्रतिबन्ध लगाइएपनि अधिकांश मासु व्यवसायीहरू भारतबाट नै कुखुराहरू ल्याई मासु विक्री वितरण गरिरहेको स्थानिय बताउछन् । बजार अनुगमनबाट विभिन्न अखाद्य बस्तु, कमतौल भएको ढक तराजु पाइएको समितिले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com