गूर्जा हिमाल आरोहणमा बेपत्ता भएका मध्ये ८ काे शव फेला


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणका क्रममा बेपत्ता बनेको टोलीका ९ जना मध्ये ८ को शव फेला परेको छ।

शनिबार विहान ८ बजेसम्म ८ जनाको शव फेला परेको म्याग्दीका प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी दिए। सात हजार १९३ मिटर उचाईको गूर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वको ५ जना कोरियन र ४ जना नेपाली सहितको टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेर शुक्रबार बेपत्ता भएको थियो ।

घटनास्थलबाट समप्रसाद छन्त्यालले दिएको जानकारी अनुसार कोरियालीको अनुहारबाट पहिचान गरिएपनि थप एकजना नेपालीको अवस्था अज्ञात छ। छन्त्यालका अनुसार केहीको शव टेन्टभित्र र केहीको शव टेन्ट बाहिर भेटिएको छ।

सिम्रक एयरको हेलिकप्टरबाट उनीहरुको शव ल्याउने काम भइरहेको छ। थप दुईवटा हेलिकप्टर घटनास्थल तर्फ जाने तयारीमा छन्। घटनास्थलमा गूर्जाबाट २५ जनाभन्दा धेरै स्थानीय खोजिकार्यमा खटिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमपहिरोमा परी मृत्यु हुनेमा गूर्जाका २९ वर्षीय नेत्र बहादुर छन्त्याल छन् भने अन्यको पहिचान खुल्न सकेको छैन।

२०६५ सालमा चुरेन हिमाल आरोहण भएपछि त्यसयता पहिलोपटक यो टोली हिमाल आरोहणका लागि आएको थियो। एक दशकपछि हिमाल आरोही लागि आएको पहिलो टोली नै हावाहुरीले दुर्घटनामा परेकाे छ। यसैसाता मात्रै गूर्जा हिमाल र गूर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ प्रस्थान गरेका छन्।

गूर्जा गाउँबाट करिव ५ घण्टाको दूरीमा रहेको आधार शिविरमा पुग्न नसकेर एक कोरियाली सहित ३ जनाको टोली भने बाटो बाटै फर्किएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com