एसिड आक्रमणमा परेका पीडित भन्छन्, ‘विकले फेरिपनि आक्रमण गर्ने धम्की दिएको छ’


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

एसिड आक्रमणबाट शिकार भई बल्लतल्ल ज्यान जोगाउन सकेका पीडितहरु अझैं डरत्रासमा नै जीवन जीउन बाध्य भएको खुलासा भएको छ । मकवानपुरमा भएको अन्तरसंवाद कार्यक्रमा बोल्दै एसिड आक्रमणबाट पीडित भएकाहरुले उक्त खुलासा गरेका हुन् ।

कार्यक्रममा बोल्दै गत २०७२ साल फागुन २१ मा काठमाडौँको बसन्तपुरमा एसिड आक्रमण घाईते भएकी र ज्यान जोगाउन सफल भएकी संगिता मगर र सिमा बस्नेतले आफूहरु अझै पनि त्रसित भएर बाँच्नुपरेको पीडा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मगरले भनिन्, ‘हामीलाई आक्रमण गर्ने जीवन विकले जेलबाट निस्केपछि फेरिपनि आक्रमण गर्ने चेतावनी दिएको छ, परिवालाई समेत मार्ने धम्की दिएको छ । तर पनि आफूहरु निरिह बनेर अझैं त्रासपूर्ण जीवन जिउनुको विकल्प रहेन् ।’

राज्यले एसिड आक्रमणकारीलाई सके फाँसी नभए जन्मकैदको व्यवस्था गर्नुपर्ने भन्दै उनले आक्रमणकारी जेलबाट बाहिरीएपछि आफूहरु सुरक्षाको खतरा रहेको समेत उल्लेख गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा बोल्दै सोहि घटनामा एसिड आक्रमणमा परेकी बस्नेतले दोषी विकलाई हालसम्म कुनै पश्चताप नभएको भन्दै जेलबाट निस्केपछि थप आक्रमण गर्नसक्ने शंका व्यक्त गरिन् ।

उनले भनिन्, ‘विकले जेलबाट निस्केपछि म को हँु भनेर देखाईदिन्छु भनेको छ, हामी अझैं कति दिन डरले बाँच्ने, के हामी यो समाजमा बाँच्न समेत नहुने हो ?’

कार्यक्रममा बोल्दै साढे पाँच वर्षअघि एसिड आक्रमणबाट पीडित बनेकी विन्दावासिनी कंसाकारले सरकारले एसिड आक्रमणकारीलाई जन्मकैदको व्यवस्था हुनुपर्ने बताईन् । २०६९ साल वैशाख ९ गते एसिड आक्रमणमा परेकी कंसाकारले आफूहरुलाई स्थानीय प्रशासन तथा प्रहरीले समेत सहयोग नगरेको बताईन् ।

प्रहरीलाई उक्त आक्रमणकारी रहेको स्थान थाहा हुँदा समेत भारत भएको कारण पक्राउ गर्न नमिल्ने भन्दै पन्छिने गरेको भन्दै उनले प्रहरी प्रशासनबाट सहयोग हुन्छ भन्ने आश मरिसकेको समेत बताईन् ।

नेपालमा एसिड आक्रमणबाट धेरै पीडित रहेको भन्दै उनले आफूहरु पीडितहरुको पक्षमा बोल्नेगरि एक संस्थाको स्थापना गर्न लागेको समेत उनको भनाई रहेको थियो ।

एसिड आक्रमण जघन्य अपराध भएको भन्दै उनले सरकारले कडाभन्दा कानुन ल्याएर आफूहरुको पीडामा मलम लगाउन सहयोग गरोस् भन्ने चाहाना समेत रहेको उनीहरुको भनाई रहेको छ ।

एसिड आक्रमणबाट पीडितहरुनै अझैं त्रासपूर्ण जीवन जिउनपर्ने अवस्थाको सृजना हुनु सरकारको लागि निकै लज्जाको विषय रहेको भन्दै उनीहरुले न्यायको निमित्त सरकारसँग माग समेत गरेका छन् ।

एसिड आक्रमणबाट घाईतेहरुको नियमित स्वास्थ्य परिक्षणको लागि मासिक लाखौं खर्च हुने भन्दै उनीहरुले सरकारसँग निःशुल्क उपचारको लागि समेत माग गरेका छन् ।

एसिडबाट पिडा त छँदैछ, उपाचारको लागि समेत आर्थिक समस्याले थप पीडा बढाएको भन्दै उनीहरुले राज्यले आफूहरुको पीडालाई कहिल्यै बुझ्न नसकेको भन्दै दुख व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com