कालिका कन्स्ट्रक्सनको लापरबाहीले बालकको ज्यान गयो


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको लापरवाहीका कारण वीरगन्जमा सोमबार एक  बालकको मृत्यु भएको छ । यो घटनामा तीन बालिका गम्भिर घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारको खाली जग्गामा कालिका कन्स्ट्रक्सन प्रालिले चाङ लगाएर महिनौ दिनदेखि थुपारेको ह्युम पाइपले च्यापिएर वीरगन्ज–९ रानीघाटका चारजना बालबालिका गम्भीर घाइते भएकोमा एकको ज्यान गएको हो ।

९ रानीघाटका चारजना बालबालिका गम्भीर घाइते भएकोमा एकको ज्यान गएको हो ।

घाइते भएका चारजना बालबालिकामध्ये बालमुकुन्द राउत चौधरीका छोरा वर्ष आठका रोहित चौधरीको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति सवा आठ बजेतिर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी घाइते भएका छन् । त्यसैगरि वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव पनि घाइते भएकी छन् ।

१० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवै दिदीबहिनीलाई सोमबार राति नै एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्की गम्भीर घाइते वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै शल्यकृया भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

वीरगन्ज महानगरमा भूमिगत ढल र नाला निर्माणका लागि ठेक्का सकारेको कालिका कन्स्ट्रक्सनले लालबंगला परिसरमा तीन महिनादेखि एक हजार भन्दा बढी सिमेन्टेड ह्युम पाइप चाङ लगाएर राखेको थियो ।

सोमबार साँझ साढे ५ बजे तिर लालबंगला परिसरमा खेल्ने क्रममा ह्युम पाइपले चार जना बालबालिकालाई च्यापेपछि तत्कालै उनस्हरुको उद्धारका लागि घटनास्थलमा चारवटा लोडर र एउटा डोजर पुगेको थियो ।

घटनास्थलमा पुगेका जेसीबी र डोजरको मद्धतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र वीरगन्ज महानगरका कर्मचारीले सुरुमा अंकिता र अनुष्काको उद्धार गरि उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा पठाएका थिए ।

त्यसको आधा घण्टापछि उद्धारकर्मीहरुले आयुषा र रोहितलाइ पनि उद्धार गरि उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याइएको उद्धारमा संलग्न नेपाली सेनाका मेजर हरि पाण्डेले जानकारी दिए ।

अस्पतालमा उपचार गराइरहेका मध्ये रोहित र अनुष्काको अवस्था अरुको भन्दा जटिल रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

महानगरमा भूमिगत ढल नाला निर्माणको ठेक्का लिएको कालिकाले काम सुरु गर्नु भन्दा महिनौ दिन पहिले लाल दरबारमा हजारौंको संख्यामा ह्युम पाइप थुपारेर व्यवस्थापनमा लापरवाही गरेकाले सोमबार साँँझ दुर्घटना भएको रानीघाटका स्थानीय रमेश कलवारले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले भने लालबंगला दरबार परिसरमा कसले ह्युम पाइप थुपारेर राखेको हो भन्ने विषयमा आफुलाई औपचारिक रुपमा जानकारी नगराइएको बताए ।

लालबंगलामा राखिएको ह्युम पाइप कस्को हो त्यसको आधिकारीक जानकारी स्थानीय प्रशासनलाइ छैन , उनले भने ,‘सोमबार साँझ भएको दुःखद दुर्घटनापछि अब त्यसबारे हामीले जानकारी लिन्छौँ, प्रहरीले घटनाको विवरणबारे जानकारी गराएपछि मंगलवार थप प्रक्रिया अगाडि बढाइन्छ । उनले मृतक बालका परिवारलाई क्षतिपूर्ति र घाइते बालिकाहरुको उपचार खर्च कसले व्यवहोर्नेबारेमा मङगलवार छलफल गरिने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com