सुनसान लिवाङ


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

दिनेश सुवेदी/ नागरिक

हिजो १० वर्ष सशस्त्र युद्ध गर्दा तत्कालीन माओवादीले राजधानीको सपना देखाएको रोल्पा र रोल्पाली आज तिनै नेतृत्वको कार्यशैली प्रति अचम्मीत छन्। ‘आदरणीय जनसमुदाय, यो हाम्रो आधार किल्ला, आधार ईलाका हो। अब नयाँ नेपालको राजधानी रोल्पा हुनेछ। साम्राज्यवादी सत्ता ढल्दै छ, सकिदैछ। गरिब निमुखाका दिन फिर्ने छन्। हेर्दा हेर्दै परिवर्तनको लहर उठ्ने छ,’ तत्कालीन माओवादी नेतृवले गाउँगाउँमा आश्वासन बाडेको आज पनि रोल्पालीको कानमा गुन्जीरहेको छ।

समय बदलीयो। माओवादी युद्ध शान्तिको बाटोमा आयो। चुनाबहरु भए। रोल्पालाई सपना देखाउनेहरु पटक पटक सत्तामा पुगे। भने जस्तो संघीय साशन ब्यबस्था पनि आयो। भर्खरै भएको स्थानीय तहमा भनिए जस्तो गाउँगाउँमा सिंहदरवार पनि पुग्यो। तर पनि रोल्पालीहरु असन्तुष्ट छन। जनप्रतिनिधि सधै भन्छन ‘केन्द्रले बर्बाद बनायो । कर्मचारी दिदैन, सहयोग गर्दैन । गाउँमा आएको अधिकार खोस्न थाल्यो । काम गर्ने वातावरण नै छैन।’ उता जनता भन्छन् ‘गाउँमा सिंह मात्र आए तर दरवार आएन। चुनाब जितेकाले आफु खुसि काम गर्छन्। जनप्रतिनिधि ठेकेदार जस्ता भए। आफ्नो या त भाडामा डोजर ल्याएर भए पनि बाटो खन्ने बाहेक केहि गरेनन्।’

जे जस्तो भए पनि यतिबेला गाउँहरुमा भने रौनक छ। चहल पहल छ । निर्वाचितहरु दैनिक कार्यालय धाउँछन्। सक्नेले ठूलै, नसक्नेले सानै भए पनि गफ दिन्छ। लोकसेवा पास गरेर सदरमुकाम मुकाम बनाएका कर्मचारीहरु गाउँमा छन्। वडा र पालिका छेउछाउका होटल, पसलहरु भ्याई नभ्याईमा छन। पालिका छेउछाउमा अलि जग्गा हुनेले नयाँ योजना बनाउन ब्यस्त । गाडि, घोडा र सेता प्लेटका मोटरसाईकल एक बर्षमै हर्न बाहेक सबै बजाउँदै कुदिरहेका छन। ‘अरु त त्यस्तै हो रोल्पामा सरकारी मोटरसाईकलको रमिता भने हेर्न लायकको छ । सरकारी गाडि चढ्ने मान्छे को हो कसैले चिन्दैन ।’ एक शिक्षक भन्छन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर हिजोको रौनक घटेकोमा सदरमुकाम भने चिन्तामा छ । हिजो आज सघीयता कार्यान्वयन भन्दै कर्मचारीसंगै कार्यालयहरु पनि गाउँतिर हिडे पछि रोल्पा सदरमुकाम लिवाङ भने सुनसान बनेको छ । संघिय संरचना अनुसार कार्यालय र कर्मचारी गाउँ गएकोमा कुनै आपत्ति नभए पनि संघ र प्रदेशको वजेट कार्यान्वयन गर्ने बिभिन्न अड्डाहरु डिभिजन कार्यालयका नाममा अन्यत्र गए पछि सदरमुकामबासी असन्तुष्ट बनेका हुन।

‘रोल्पाका यतिका नेता देश कै नेतृत्वमा छन्। तर संरचना सहित भएका कार्यालयहरु अरु जिल्लामा जादै छन। यो हाम्रा लागि दुखद हो । गाउँमा जानै पर्ने कार्यालय पो पठाउने हो यहाँ त जम्मै अफिस बाहिर पठाईयो । भबन डिभिजनले रोल्पा, रुकुम र प्युठान हेथ्र्यो त्यो पनि बाँके जाने भयो । भुसंरक्षण कार्यालयलाई दाङ लगियो। जिल्ला प्राबिधिक कार्यालय र स्वास्थ्य कार्यालयलाई डिभिजन बनाएर प्युठान लगिदै छ’ पूर्व सांसद लेखनाथ आचार्यले भने।

सदरमुकाममा रौनक सहितको जमघट पातलीदै जाँदा राख्न सकिने कार्यालय पनि डिभिजनका नाममा अर्को जिल्ला पठाउन थालिए पछि सत्तारुढ दलकै जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती सन्तुष्ट छैनन्। ‘दु:ख लागेको छ। नेताहरुसंग कुरा गर्दा उनिहरुले पनि रोल्पामा कार्यालय राख्न नसकेको अनुभुत गरेका छन्। रोल्पामै भएको भए राम्रो तर अरु जिल्लालाई पनि त दिनु पर्‍यो भन्ने नेतृत्वको मान्यता हो। फलेको रुख झुक्नु पर्छ भन्ने मान्यता पनि हो। फेरी पनि सिचाई, कृषि ज्ञानकेन्द्र यतै रहने छन्।’

जिल्ला सदरमुकाममा व्यवसाय धरासायी बन्दै गएकोमा राजनीतिकर्मी भन्दा ब्यापारीहरु झनै चिन्तीत देखिन्छन्। राम्रा चलेका केहि होटल समेत बिस्थापित भईसकेका छन् भने अन्य व्यवसायी पनि आत्तिएको अस्था छ। माओवादी युद्धताका देखि मानवीय चाप थेगेको सदरमुकाम लिवाङ यतिबेला सुनसान जस्तै छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com