सरकारलाई असफल हुने छुट छैन – भट्टराई


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

 नेकपा स्थाई कमिटिका सदस्य योगेश भट्टराईले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन ।
कम्युनिस्टको सरकार देख्न नचाहाने शक्तिले असफल बनाउन षड्यन्त्र गरेकाले सरकारले होसियार भएर काम गर्नु पर्ने बताए । उनले अहिलेको सरकार असफल भए मुलुकको भविष्य नै सकिने हुदा सरकारलाई असफल हुने छुट नभएको उल्लेख गरे । नेपाल पत्रकार महासघं जापानले टोकियोमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा बोल्दै नेता भट्टराईले नेपाल कम्युनिष्टको सरकारलाई असफल बनाउन देश भित्र र देश बाहिराबाट विभिन्न शक्तिहरुले चलखेल गरेको पनि आरोप लगाए ।
२००७ सालदेखि कस्तो ब्यबस्था आउला भन्ने छलफलको विषयलाइ समाप्त पार्दै, एतिहासिक संविधान निर्माण गरेको र बहुमत सहितको नेतृत्व गरेको सरकार कुनै पनि हालतमा असफल नहुने दावि गरे । उनले देशको आर्थिक समृद्धी अहिले प्रमुख एजेन्डा भएको उल्लेख गर्दै बर्तमान सरकार, जनप्रतिनिधि सबैको ध्यान त्यतै तर्फ केन्द्रित भएको संकेत गरे ।
विश्वमा औधौगिक क्रान्तिले द्रुत गतिलिएको बेला अधिल्लो राजनैतिक नेतृत्व र ब्यबस्थाले औधौगिक विकासलाई द्रुत गति दिननसकेकाले मुलुक पछाडि परेको भन्दै अहिलेको सरकारले विश्वमा भएको टेक्नोलोजीको प्रयोग गर्दै सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि गर्ने बताए । उनले मुलुकमा धनि धनि हुदै जाने गरिब गरिब हुदै जाने समृद्धि नभई ग़रीब र धनि विचको खाडललाई मेटाउदै समाजबादि न्याय सहितको समृद्धी ल्याउने उल्लेख गरे ।
औधौगिक अवलोकन भम्रणका लागि जापान आएका नेता भट्टराईले विकासित राष्ट्रहरुले पुजि भएर मात्रै विकास नभएकोले देशको विकासका लागि निती संकल्प, प्रतिबद्धता र दृढ़शक्ति आवस्यक पर्ने बताए । सरकारले सन २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेकाले प्रवासमा रहने नेपालीहरुले सरकारको योजना सफल पार्न हतेमालो गर्दै जापानमा रहेका ८० हजार नेपाललीले एक जनाले १० जना जापानि नागरिकलाई नेपाल पठाउन अग्रह समेत गरे । फरक प्रसङगमा नेता भट्टराईले देशमा भएको हत्या र बलात्कार प्रति दुख ब्यक्त गर्दै दोषिलाई कानुनी कठघरामा ल्याएरै छाडने दावि गरे । उनले घटनाको विषयमा सुष्म अनुसन्धान भईरहेको र छिटै दोषिलाई कानुनि दायरामा ल्याउने बताए ।
पछिल्लो समय पार्टि भित्र नेताहरुविच दोहोरी भईरहेको छ नि भन्ने पत्रकारको जिज्ञाषालाई मेटाउदै नेता भट्टराईले दोहोरी पनि एक बिदा हो , दोहोरी गाउनेहरु पनि शुरुमा छेड़खानी गर्छन अन्तमा मिल्छन, त्यस्तै पार्टिमा पनि नेताहरुका विच दोहोरी चल्नु अनौठो होईन यसले निष्कर्ष दिन्छ ,”नेता भट्टराई भन्छन” ।
उनले चार प्रधानमन्त्रि भएको नेपाल कम्युनिस्ट पार्टि, नेताहरुको पनि नेता भएको पार्टि भएकोले नेताहरुको ब्यक्तित्को व्यवस्थापन गर्दै पार्टिलाई बिधि संवत र बैधानिक तरिकाले संचालन गर्नको लागि छलफल भएको बताए । नेपाल पत्रकार महासघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सहित पार्टिका भातृसगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । औधौगिक भ्रमणका लागि शुक्रवार जापान आएका नेता भट्टराईले नागोयामा रहेको औधौगिक क्षेत्रको अवलोकन सगै नागोया तथा टोकियोमा पार्टिका कार्यकर्ताहरुसग समसामयिक राजनितीक विषयमा अन्तरक्रिया समेत गरेका थिए !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com