‘दशैँमा ससुराली गएर दक्षिणा लिन्न, दक्षिणाको प्रचलन हटाउनुपर्छ’ : ऋषि धमला


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

नेपालका वरिष्ठ तथा व्यस्त पत्रकार ऋषि धमलाको व्यस्तता अहिले झन् बढेको छ । आफैले निर्माण गरेको तथा श्रीमती एलिजाले अभिनय गरेको चलचित्र अनुरागको प्रदर्शन दोस्रो हप्तामा चलिरहेको छ ।

दशैं नजिकिदै गर्दा, दशैं बिदामा धमला ससुराली जाने योजना बनाउंदै छन् । एलिजाले चलचित्रमा अभिनय गर्ने भएपछि आफ्नो काखको सात महिनाको छोरालाई आफ्नी आमालाई सुम्पिएर अभिनयमा लागेकी थिइन् । एलिजाको माइती क्यानाडामा भएका कारण आमाले सानो शिशुलाई आफूसंगै लिएर गइन् । छोराको न्यास्रो लागेकोले आफू क्यानाडा जान चाहेको धमला बताउँछन् । दशैंमा ससुराली गएपनि दक्षिण लिने पक्षमा भने उनी छैनन् । दशैं भनेको आशिर्वाद थप्ने पर्व भएकोले अब दक्षिणा लिने दिने प्रचलन हट्नुपर्ने उनको मान्यता छ ।

धमलालाई एउटा दशैंको सम्झनाले खुबै सताउने गर्छ । त्यो दशैं उनको बुवाको जीवनकै पछिल्लो दशैं थियो । बुवाले सधै छोरा बुहारीलाई टीका लगाइदिने आशा रहेकोले विवाह गर्न आग्रह गर्थे । तर, बुवाको निधन भएको सात वर्ष पछि मात्र धमलाले विवाह गरे । छोरा बुहारीलाई टीका लगाइदिने बुवाको अधुरो चाहना सम्झिँदा उनलाई नराम्रो लाग्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com