गर्भवती हुँदा ज्वरोको औषधी खाइन्, असरले बच्चा यस्तो जन्मियो कि आमाबाबु नै बेहोस्


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

फिलिपिन्समा एक जोडीको त्यतिबेला होस उड्यो जब उनीहरुले आफ्नो भर्खर जन्मिएको बच्चा देखे । महिलाले गर्भवती हुँदा ज्वरो आएपछि औषधी खाएकी थिइन् । त्यही औषधीको साइड इफेक्टका कारण बच्चा अनुहार नै नभएको अवस्थामा जन्मिएको थियो । बच्चालाई देख्नासाथ आमाबाबु दुवै बेहोस भए । आमाको मानसिक स्थिति सुध्रिन त निकै लामो समय लाग्यो । डाक्टरलाई आशा थिएन कि बच्चा बाँच्न सक्छ । तर, बच्चा अझै जीवित छ र उसले हालै एक वर्षपछिको जन्मदिन मनाएको छ ।

फिलिपिन्समा रावेन र उनकी पत्नी इसाबेलका यी विचित्र छोराको नाम म्याथ्यु राखिएको छ । गर्भमै रहँदा एक विकृतिका कारण म्याथ्युको टाउकोका हड्डीको विकास हुन सकेन र उसको अनुहारले कुनै आकार लिन सकेन । अहिले यसको अनुहार यस्तो देखिन्छ मानौं उसको टाउकोमा बम पड्किएको थियो ।

गर्भवती हुँदा इसाबेललाई ज्वरो आएको थियो । त्यसपछि उनले एक हप्तासम्म बायोफ्लु नामको औषधी खाएकी थिइन् । यही औषधीका कारण बच्चाको अनुहार बिग्रिएको उनीहरु सोच्छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com