मोरङमा एकै परिवारको ४ जनाको घरभित्र आगो लगाइ हत्या


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने ? यी लगातार प्रस्न थियो इन्दिरा राईको । उनी संकास्पद हत्या प्रकरणमा परेकी ८६ बर्षिय गंगामाया राईकी छोरी हुन् ।

घट्ना करिव एक बर्ष अघि को हो । २०७४ असोज ४ गते राति करिव १२ बजे मोरङ कानेपोखरी गाउँपालिकाको हरकपुरमा एउटै परिवारका चार जना व्यक्तिको हत्या भएको थियो । त्यो घट्नामा आमा गंगामाया, बर्ष ५६ को दाजु चन्द्रकुमार राई, ४९ को पार्वता राई(चन्द्र र पार्वता(पति पत्नि) र दिदी विष्णुकुमारी राई(तामाङ)को संकास्पद हत्या भएको थियो ।

काठ(सखुवा)को २५ खम्बा भएको, बाँसको सेन्टरवेरा र जस्ताको छानो भएको दुई तले घर थियो । त्यो रात घरको चारैतिरबाट एक्कासी आगो लागेको छिमेकीहरूले देखे । छिमेकीहरू त्यहाँ पुग्दा आधा जाति घर जलिसकेको थियो । दमकल आइपुग्दा करिव डेढ करोडको धनपम्पति जलिसकेको थियो । सम्पति त जल्यो जल्यो चार जनाको शव आधा जलेको अवस्थामा रगताम्य भेटियो ।

मृतक गंगामायाको छोरा वा चन्द्रकुमारको दाई र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए । चन्द्रकुमारको छोरा र छोरी अध्ययनको लागि बाहिरै बस्दै थिए । गंगाको छोरी त्यही दिन आमा र दाजुभाउजु भेट्न कानेपोखरी आएका थिए । माइत आएकै दिन जल्नु र मर्नु प¥यो विष्णुकुमारी राई(तामाङ)ले पनि ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घट्ना दुर्घट्ना, भाव्यतब्य वा आफै भएको मान्न तयार छैनन् गंगामायाको छोरा रामकुमार र छोरी इन्दिरा राई । पारिवारिक कलह, धनसम्पतिको लोभ लालचमा षड्यान्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको पीडित परिवारको दावी छ । प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधि उम्कन नसक्ने पीडित परिवारको भनाइ छ ।

किन परिवारैको हत्या गर्नु प¥यो ? मृतक चन्द्रकुमार राई २०५४ सालको स्थानीय निर्वाचनको वडा अध्यक्ष चलाएका व्यक्ति थिए । समाजमा नेतृत्व कर्ता नै थिए चन्द्र । घरैमा किराना व्यवसायी चन्द्रको गाउँमा प्राय सवैसँग मेलमिलाप थियो । आमा गंगामाया र बहिनी विष्णुको मात्र हत्याहुदा चन्द्रकुमारले छाड्ने थिएनन् । अपराधि उम्किन मुस्किल पर्ने हुनसक्थ्यो । त्यही भएर आमा गंगा, छोरी विष्णुसहित चन्द्र र उनको पत्निको एकसाथ हत्या भएको हुनसक्ने पीडितहरूको दावी छ ।

कहाँ कहाँ भयो उजुरी ? त्यो घट्ना हुदा इलाका प्रहरी कार्यालय पथरीमा इन्स्पेक्टर राजन कार्कीको नेतृत्व थियो । त्यहा उजुरीको साथै घट्ना हुनसक्ने कारणहरू र सम्भावित पात्रहरूको बारे सवै सूचनाहरू उपलब्ध गराएपनि राजनले प्रभावकारी अनुसन्धान नगरेको पीडित इन्दिरा राईले गुनासो गरे । पथरी प्रहरीमा राजनसहित तीन पटक इन्स्पेक्टर परिवर्तन भइसकेको छ । सवै प्रहरी प्रमुखलाई घट्नाका राम्रो अनुसन्धान गर्न अनुरोध गर्दै आएपनि खास वास्ता नभएको पीडित परिवारको गुनासो छ । चार—चार जनाको मृत्यु भएपनि प्रहरीले संकास्पद व्यक्तिहरूलाई प्रभावकारी अनुसन्धान नभएको रामकुमार राईको पनि गुनासो छ । इलाका प्रहरी कार्यालय त्यसवेला आवश्यक अनुसन्धान नगर्नुमा राजनीतिक साइनो र पैसाको चलखेल हुनसक्ने पीडित परिवारको संका छ ।

पीडित परिवारले जिल्ला प्रशासन, जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय मोरङ, संघीय प्रहरी कार्यालय सनुसरी, १ नम्बर प्रदेश गृह, नेपाल सरकारको गृह मन्त्रालय र नेपाल मानव अधिकार आयोगमा उजुरीसहित प्रभावकारी अनुसन्धानको लागि लिखित अनुरोध गरिएको पीडित रामकुमार राईले बताए । गृहमन्त्री रामबहादुर थापालाई निवासमै गएर घट्ना प्रकृति बताएपनि मन्त्रालयको आवश्यक चासो नदेखिएको इन्दिरा राईको गुनासो छ ।

परिवारले उजुरी मात्र दिएका छैनन् । घट्ना स्थालमै २०७४ अशोज २९ गते पत्रकार सम्मेलनको गरेर संकास्पद हत्याको बारे आम जनतालाई जानकारी गराएका थिए । करिव एक बर्षपछि बिहिबार (२०७५ अशोज १८) रिर्पोर्टस क्लव काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार, नागरिक समाज, बुद्धिजिवी, गृह मन्त्रालय, मानवअधिकारवादी संगठनहरूसँग घटनाको प्रभावकारी अनुसन्धानको फेरि माग गरेका छन् । पत्रकार सम्मेलनमा ३ नम्बर प्रदेस सभासदस्य देवकी राई(श्रेष्ठ), किरात राई यायोक्खा पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गा राई, इन्दिरा राईको पति चन्द्रकुमार हतुवारी, मृतक चन्द्रकुमार राईको छोरा र छोरीलगायतको उपस्थिति थियो ।

एउटै परिवारको चारैजनाको हत्या गर्नुपर्ने सभ्वावित कारणहरू स्पष्टकै खुलाएर प्रहरीमा उजुरी दिइएको इन्दिरा राईले पत्रकार सम्मेलनमा सुनाए । मृतक दिदी विष्णु र भेनावीच विभिन्न कारण राम्रो सम्बन्ध थिएन । आमा गंगाको नाममा रहेको जग्गा देवर अनिलले १२ लाखमा बिक्री गरेको आमाको मृत्युपछि खुलेको बताइएको छ ।

परिवारको माग इन्दिरा दोहो¥याइ, तेह¥याइ भन्छिन ‘घट्ना नियोजित हत्या हो, किन प्रभावकारी अनुसन्धान हुदैन ?’ फेरि भन्छिन ‘प्रभावकारी अनुसन्धान गरी अपराधिलाई कडा कारबाही हुनुपर्ने हाम्रो माग छ ।’ अनुसन्धान राम्रो नहुदा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ । तत्काल सम्भावित अपराधी पक्राउ गर्न सरकार वा सम्बन्धीत निकायसँग इन्दिराको माग छ । चन्द्रकुमारको दुई छोराछोरीले एकै साथ मामाबाबु गुमाएका छन् । घट्नाको छानविन गरी ती निर्दोष टुहुराहरूको लागि क्षतिपूर्तिको समेत माग गरेका छन् पीडित परिवारले । हाइ गुहार कतैबाट पनि नपाए, प्रभावकारी छानविन नभए आमरण अनसन, बन्द हड्ता जस्ता अप्रियबाटो लिन बाध्यहुने पीडित इन्दिराको चेतावनी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com