बाँकेमा ट्रक र माइक्रो ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। मृत्यु हुनेमा तल्सीपुर नगरपालिका–८ की २७ वर्षीया बसन्ती चौधरी र सोही ठाउँका तुल्सी रावत रहेका छन्। अन्य मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार १७ जना घाइते छन्। घाइतेको कोहलपुर मेलिकल कलेजमा उपचार भइरहेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com