मलेसियाविरुद्ध नेपालको शानदार जीत


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

आइसिसीले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो खेलमा शानदार जित दर्ता गरेको छ ।

दोस्रो खेलमा नेपालले शनिबार मलेसियालाई ८ विकेटले हराएको हो । पहिलो खेलमा म्यानमारमाथि पनि नेपालले ८ विकेटकै जित दर्ता गरेको थियो ।

क्वालालम्पुरमा मलेसियाले प्रस्तुत गरेको १०१ रनको लक्ष्य नेपालले मात्रै दुई विकेटको क्षतिमा भेट्टाएको हो । नेपाली टोलीका लागि कप्तान पारस खड्काले ३७ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा नटआउट ५२ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा दुई चौका र एक छक्काको सहयोगमा नटआउट २७ रन बनाए । नेपालका बसन्त भण्डारी १२ तथा अनिल साह एक रन बनाएर आउट भए ।

यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ्ग गरेको मलेसियाले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर १०० रन बनायो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलेसियाका लागि शाफिक शरिफले ३७ बलमा सात चौका र दुई छक्काको सहयोगमा ४९ रन तथा सैयद अजिजले १५ बलमा १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा मात्रै २० रन खर्चेर पाँच विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले तीन विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट लिए ।

पहिलो खेलमा म्यानमारमाथि ८ विकेटको शानदार जित निकालेको नेपाली टोली उत्साहका साथ मैदानमा छ । मलेसियाले पनि पहिलो खेल जितेको छ । नेपाल रहेको समूहमा मलेसियासँगै म्यानमार, भुटान, थाइल्याण्ड, सिंगापुर र चीन रहेका छन् ।

प्रतिस्पर्धाको शीर्ष तीन टोली छनौटको दोस्रो चरणमा पुग्ने छन् अर्थात एसियाली छनौटमा पुग्ने छन् । एसियाली छनौटमा ६ टिम हुनेछन् र त्यसका शीर्ष दुई टिम विश्वस्तरीय छनौटमा पुग्ने छन् । विश्व स्तरको छनौटमा ट्वेन्टी–ट्वेन्टी बरियतामा अन्तिममा रहेका ६ टिम र विभिन्न पाँच क्षेत्रबाट छनौट भएर आएका ८ टिम हुनेछन् ।

एसियाली क्षेत्र अन्तर्गत पश्चिम क्षेत्रको छनौटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा पुगेका छन् । अहिलेको छनौटमा नेपाल अरु भन्दा बलियो टिम रहेकाले अघिल्लो चरण पुग्ने सम्भावना बलियो रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com