ओलि सरकारको कमाल ७ महिना नबित्दै रेल गुड्न सुरु


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

पाँच वर्षदेखि बन्द बुहप्रतिक्षित एवं नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल जनकपुर प्रवेश गरेको छ ।

रेल्वे लीग परीक्षणको क्रममा जनकपुरधाम उपमहानगरपालिका १७ कनकपट्टी आइपुगेको हो । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन हुने रेल्वेको लीग परीक्षणको क्रममा कनकपट्टीसम्म २२ किलो मिटर लीगमा भारतीय इन्जिनसहितको रेल बोगी गुडाएर सफल परीक्षण समेत भइसकेको छ ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाका अनुसार अबको एक साताभित्र रेल पुरानो स्टेशन जनकपुर आइपुग्ने छ । सन् २०१८ भित्र रेल गुडाउने लक्ष्यसहित भारत सरकारको आर्थिक सहयोगमा निर्माण भईरहेको रेल्वे लीग एवं अन्य कामहरुको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निरीक्षण समेत गरेका छन् ।

जनकपुरको पुरानो रेल्वे स्टेशनबाट झण्डै १० किलोमिटर धनुषाको विदेह नगरपालिका ९ वैदेही स्टेशनमा रेल्वेको ट्याम्पिंग मेसिनमा चढेर लीग हुँदै भारतीय राजदूत पुरीसहित विदेश मन्त्रालयका पदाधिकारीहरु पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय राजदूत पुरीले निरीक्षणको क्रममा रेल्वे लीगको निर्माण सम्पन्न भए पनि सिभिलतर्फका कामहरु अझै बाँकी रहेकाले काममा तीव्रता दिन निर्देशन दिनुभयो । राजदूत पुरी बैदेही स्टेशनबाट फर्किनु भएको थियो भने भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुको टोली जयनगरसम्म पुगेर निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका थिए ।

रेल निर्माणका ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले त्यसै आउँदो पुस महिनादेखि जनकपुर जयनगर रेलसेवा सञ्चालन गर्ने गरी लीग परीक्षणको साथै अन्य बाँकी अन्तिम चरणका कामहरु धमाधम गरिरहेको जनाएको छ ।

लीग परीक्षण अन्तर्गत पहिलो चरणमा गएको साउन २३ सम्म भारतको जयनरदेखि धनुषाको खजुरीसम्म साढे ८ किलोमिटर भारतीय इन्जिनसहितको ५३ वटा रेल बोगी गुडाएर सफल परीक्षण गरिएको थियो ।

त्यस्तै दोश्रो चरणमा समेत ९ किलोमिटर बोगी सहितको रेल धनुषाको खजुरीदेखि दुहवीसम्म र तेश्रो चरणमा साढे चार किलोमिटर गरी २२ किलोमिटर सफल परीक्षण गरी सकिएको इञ्जिनियर ओझाले बताउनुभयो ।

परीक्षण गर्ने रेलको बोगीमा रेल्वे ट्रयाकमा हाल्ने कालो गिट्टी जयनगरबाट ल्याउने काम पनि भइरहेको छ । रेल्वेबाट सबै बोगीमा ट््रयाकमा हाल्ने कालोगिट्ट्ी पनि पटक पटक ल्याउने र बिछ्याउने काम भैरहेको ओझाले बताउनुभयो ।

५ वर्षदेखि बन्द रहेको जनकपुर–जयनगर रेल सेवा पुसदेखि भारतको जयनगरदेखि जनकपुरधाको कुर्थासम्म ३५ किलोमिटरको लीगमा सञ्चालन हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com