विदेशमा मृत्यु भएका युवाको परिवारले पाउने ४५ लाख खाने कर्मचारी पक्राउ


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

वैदेशिक रोजगारीमा मृत्यु भएका युवाका परिवारले क्षतिपूर्तिबापत पाउनुपर्ने करिब ४५ लाख रुपैयाँ ठगी प्रकरणमा तीन कर्मचारी पक्राउ परेका छन्।

सप्तरी प्रहरीले ठगी आरोपमा तिलाठी कोइलाडी–१ का २९ वर्षीय विजय यादव, राजविराज–७ का ३५ वर्षीय राजाराम यादव र झापा भद्रपुर–२ का २९ वर्षीय नारायणप्रसाद निरौलालाई पक्राउ गरेको हो। विजय स्थानीय शान्ति समिति भंग भएपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए भने राजाराम पनि समितिमा थिए। जिल्ला प्रशासन कार्यालयका लेखापाल निरौला गत वैशाखमा सरुवा भई भूमिगत सिँचाइ कार्यालय विराटनगर गएका थिए।

कतारमा मृत्यु भएका ३७ वर्षीय बौवालाल सदाकी श्रीमती ३५ वर्षीया डोलीले पाउनुपर्ने रकम ठगी गरी भागबन्डा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। बौवालालको २०७२ फागुनमा मृत्यु भएपछि क्षतिपूर्तिबापत परराष्ट्र मन्त्रालयमार्फत डोलीले पाउने ४४ लाख ९३ हजार रकम उनीहरूले भागबन्डा गरी खाएको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीको खातामा जम्मा भएको रकमबराबरको चेक डोलीले गत मंसिर ३ गते बुझेकी थिइन्। डोलीकै नाममा राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा जम्मा भएको रकम उनकै औंठा छापबाट निकासासमेत भइसकेको छ।

एसपी विष्टका अनुसार बैंकको राजविराज र कठौना शाखाबाट चारपटकमा सबै रकम झिकिएको छ। क्षतिपूर्ति रकम आयो भनी डोलीलाई राजविराज ल्याउने राजाराम र खाता खोल्न सहयोग गर्ने विजयले उनकै औंठा छापबाट रकम निकाल्न लगाएको पीडितले बताइन्। बैंकबाट निकालिएको ४४ लाख ९३ हजार रुपैयाँ नपाएपछि जिल्ला प्रशासन कार्यालय आएकी डोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष गुनासो गरेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोलीका अनुसार राजाराम र विजयले किस्ता–किस्ता गरी निकालेको रकम एकै पटक हात लाग्ने बताउँदै आएका थिए। लामो समय रकम हात नलागेपछि उनले प्रजिअ पौडेललाई भेटेकी थिइन्। डोलीकै नाममा खाता खोली उनलाई प्रयोग गरेर रकम ठगी गरेको सम्भावना देखिएपछि अनुसन्धान गरिएको पौडेलले बताए। भने, ‘डोलीले पाउनुपर्ने रकम बीचमै गायव भएको देखिन्छ।’ विजयले १५ लाख तत्कालीन लेखापाललाई दिइएको बयान दिएपछि निरौलालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com