नोभेम्बर देखि आउने भयो ‘को बन्छ करोडपति’


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

नेपाली दर्शकलाई अब रियालिटी शो हेर्ने बानी नै परिसक्यो । नेपालमा रियालिटी शो नआउँदा भारतीय रियालिटी शो हेर्ने नेपालीहरु अहिले भने नेपालमा नै बनेको रियालिटी शोहरु हेर्न थालेको छन् । नेपालमा अहिले तीन रियालिटी शोहरु चर्चामा छ । ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ र ‘हिमालय रोडिज’ ।

यी तीन रियालिटी शोहरुको चर्चा भइरहँदा एपीवान च्यानलले अर्को रियालिटी शोको रिलिज मिति सार्वजनिक गरेको छ । बिहिबार राजधानीमा एका कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले कार्यक्रम प्रसारण हुने समयको बारेमा जानकारी दिएका हुन् । कार्यक्रमका निर्देशक सुरेश पौडेलका अुनसार ‘को बन्छ करोेडपति’ नाभेम्बर महिनाको दोश्रो सातापछि टेलिभिजनमा प्रसारण हुनेछ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सञ्चालक राजेश हमालले ‘को बन्छ करोडपति’ एउटा गेम शो मात्र नभएर नेपाली दर्शकहरुको भावना, आकांक्षा, स्वाद झल्किने किसिमको हुने बताउनुभयो । कार्यक्रमको उदेश्य धेरैभन्दा धेरै नेपालीहरुलाई सहभागी गराउने रहेको अभिनेता हमालको भनाई छ ।

बेलायतको ‘हु वान्ट्स टु बी अ मिलियनर’ कार्यक्रमबाट भारत हुदैँ नेपाल प्रवेश गरेको यो शो एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ । टेलिभिजनका निर्देशक लक्ष्मीप्रसाद पौडेल र कार्यक्रमका निर्देशन सुरेश पौडेल केहि साता अघि मात्र भारत गएर कार्यक्रमको सबै फरम्याटको बारेमा बुझेर आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतमा अहिले ‘कौन बनेगा करोडपति’को १० औँ सिजन चलिरहेको छ । ‘को बन्छ करोडपति’को लागि ‘कौन बनेगा करोडपति’का सञ्चालक अभिताभ बच्चनले एउटा प्रोमो समेत रेकर्ड गरिएको छ । उक्त प्रोमोलाई लाखौँ दर्शकले हेरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com