कुवेतमा नेपाली घरेलु महिला कामदारको निर्मम हत्या, परिवारलाई दुताबासको यस्तो आग्रह


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले भने”मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न सकिएको छैन। मगरले थपे”आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन। मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसै संग पनि संपर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगाएत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन।”दितिय सचिब मगरले यसै समाचार मार्फत मृतक पेसल माया राइको परिवार वा आफन्तहरुलाई नेपाली दुतावास कुवेतको संपर्कमा आउन अनुरोध गरेका छन।

मृतक पेसल माया राइ बिस २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका निमित श्रम स्विकृति लिएर कुवेत आएको रेकर्डमा देखिएको छ।राहदानी जारी मिती २७-जुन, २०१३(सुनसरी) र जन्म मिती १९७३ नोभेम्बेर-१२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरु सम्म यो सुचना प्रबाह गरिदिन अनुरोध गर्दै नेपाली दुताबास कुवेतको हटलाइन नं-००९६५- ९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दुताबास कुवेतले आग्रह गरेको छ।

( पत्रकार हरि कृष्ण न्यौपाने, नेपाल पत्रकार महासघ बैदेशिका शाखा कुवेतका अध्यक्ष हुन्। )

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com