कुवेतमा महिनौसम्म घरमालिकको बलात्कार प्रयास र डढेको भात खाएर बाचेका यी २ चेलीको उद्धार, पोखे यस्तो दुखेसो (हेर्नुहोस् भिडियो)


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

वोर्क फर फाउन्डेसन एउटा यस्तो फाउन्डेसन हो जसले विदेशमा बेचिएका नेपाली चेलीबेटीको उद्दार कार्य सक्रियताका साथ गर्दछ। उक्त संस्था हालसालै कुवेतमा दलाल मार्फत बेचिन पुगेकी दुई महिलालाई उद्दार गरेर नेपाल सम्म ल्याउन सफल भएको छ। हुन त यो भन्दा अघि पनि इराक, कुवेत, ओमन जस्ता देशबाट थुप्रै नेपाली चेलीबेटीलाई उद्दार गर्न सफल भइसकेको छ।आर्थिक अवस्था, खानलाउनको समस्या, बालबच्चाको रोदन, पारिवारिक दुखका कारण बाध्य भएर नेपाली चेलीबेटी विदेशमा केहि कमाउन सकिन्छ कि भन्ने आशले हातमा पासपोर्ट बोकेर विदेशिन्छन्।

कतिपी ललाई फकाईमा परेर पनि विदेशिने गरेको हामीले धेरै देखे सुनेका छौ।एक दर्दनाक कथा। जोकोहीलाई पनि सुन्दा पटक्कै विश्वास लाग्दैन। पुरुषले महिला बेचेको सुनिरहेका छौ हामी सबैले। तर एक महिलाले नै महिला बेचेको कमै सुनिन्छ। इराक लागिदिन्छु भन्दै एक महिलाले ति पिडितसँग असि हजार लिएकी थिइन्। पिडितलाई इन्डिया लगेर ति महिलाले अलपत्र परिदीइन। असि हजारमा पचहत्तर हजार फिर्ता दिइन् अनि उनी चाही इराक जान्छु भनेर गईन्। ति पिडितलाई अरु कसैले कुवेत लगिदियो। कुबेतमा उनले घर मालिकको पिटाई देखि अन्य अत्याचार सहनु पर्यो। उनले भनिन् ,’कत्ति काम गर्नु पर्थ्यो। चार जना बच्चाको स्याहार सुसार गर्नु पर्थ्यो। खान पनि दिदैनथ्यो।

केटा मान्छेसँग सुत्न लगाउने गर्थे। म रात भरि नसुती बस्थे।’ उनलाई घर मालिकको ससुराले बलात्कार गर्ने समेत प्रयास गरेको उनले बताइन। जति नै दुख गरेर काम गरे पनि उनले तलब पनि पाइनन्। जति तलब पाउथिन त्यति नै फेरी मालिक्नीले मागेर सक्काइदिन्थिन भन्दै उनले गुनासो गरिन्।अर्की पिडित सृजना दर्जीको पिडा पनि उस्तै छ। पार्वती परियार नामक महिला मार्फत उनी पुगेकी थिइन्। इण्डियामा एक महिना बसेर उनी बल्ल कुवेत पुगिन्। उनी घरको कामकाज गर्ने गर्थिन्। खाना पकाउने देखि सबै काम गर्नु पर्थ्यो तर उनले खान भने पाउने थिइनन्।

डढेको भात खाए भन्दै उनी भावुक भईन।उनीहरु दुवै वोर्क फर फाउन्डेसन मार्फत नेपाल आउँन सफल भए। हाल उनीहरु खुसि छन्। विदेश जान लागेको चेलीबेटीलाई सके सम्म विदेश नजानुस भन्दै उनीहरुले संदेश दिए।हेर्नुहोस् भिडियो :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

https://youtu.be/KD5Og6Yhfu8

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com