निर्मलाको हत्यारा भन्दै निर्दोष दिलीपलाई सार्वजनिक गर्ने एसपीलाई ५ वर्ष जेल सजाय


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

कञ्चापुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरेका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित भएका छन् । डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई जिल्ला मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

निर्माला पन्तको हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरेको दिलिप विष्ट निर्दोश सावित भएपछि तत्कालीन एसपी डिल्लीराज बिष्टमाथि प्रश्न उठ्न थालेको छ । भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनमा अनुसन्धानमा वा अभियोजन गर्ने अधिकारीले निर्दोष व्यक्तिलाई फसाउन खोज्न र वास्तविक अपराधीलाई जोगाउन पाइन्दैन ।

नयाँ मुलुकी अपराध संहिताको दफा ९७ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न गराउन नहुने कानुनी व्यवस्था रहेको छ। कुनै पनि अपराधको अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवार अधिकारीले बदनीतियपूर्वक अनुसन्धान गर्ने वा अभियोग लगाएर थुनेमा, कारबाहीको रूपमा प्रयोग गराउने नियतले कुनै झुटा प्रमाण बनाएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै, निदोष व्यक्तिलाई जानीजानी फसाउने बदनियतपूर्वक अनुसन्धान गरी दुःख दिने कार्य गरेमा सजायका अतिरिक्त पीडित व्यक्तिमाथि कुनै किसिमको हानि-नोक्सानी भएमा निजले त्यस्तो कसुरबाट क्षतिपूर्ति भराई लिनसक्ने व्यवस्थामा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित उल्टेखामकी १३ वर्षीया बालिका पन्तको असार १० गते हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। सो हत्यामा संलग्न अभियुक्त भन्दै प्रहरीले साउन २५ मा विष्टलाई सर्वजनिक गरेको थियो। तर उनी निर्दाेष सावित भएका छन् । साे घटनाकाे अनुसन्धानकाे जिम्मा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ दिइएकाे थियाे, हाल उनी निलम्बित छन्।

दिलीपसिंह विष्ट निर्दोष सावित भएपछि एसएपी डिल्लीराज बिष्टलाई कारवाही हुन्छ की हुदैन ? सरकारले नयाँ मुलिकी ऐनको लागु गर्छ की गदैन ? भन्ने सबैको चासोको विषय बनेको छ । नयाँ मुलुकी ऐन अनुसार एसपी पक्राउ पर्नु पर्छ । र कारबाहीको भागेर दार पनि हुनु पर्ने देखिन्छ ।

प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपछि दिलीप निर्दोष भएको भन्दै स्थानीयले भदौ ५ देखि ८ गतेसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो ।

आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा १९ दिनदेखि बेहोस छन् । गोली लागेर अत्यधिक रक्तस्राव भएपछि उनले खुट्टा नै गुमाउनुपरेको छ । अस्पताल ल्याउन ढिला भएको र कोषहरू मरिसकेकाले चिकित्सकले खुट्टा काटेर फाल्नुपरेको उनका दाइ योगेन्द्रले बताए ।

‘१९ दिन भइसक्यो अझै भाइको होस आएको छैन । डाक्टरले एउटा खुट्टा पनि काटे । अब त यहाँ हुन्न टिचिङ लैजाउ भनेका छन् । जनस्तरको निरन्तर दबाबपछि गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृहमन्त्रालय फिर्ता बोलाएको थियो भने तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई निलम्बन गरेको थियो ।

समिति सदस्याको राजिनामा पछि उथलपुथल

निर्मल पन्तको हत्या भएको २ महिना हुन लागिसक्दा पनि हत्यारा पत्ता लागेको छैन । बलात्कारपछि हत्या भएकी पन्तको बिषयमा प्रहरीले गलत मान्छेलाई फसाउन लागेको र प्रमाणहरु नष्ट गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । सोहीकारण गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समीतिका सदस्य बिरेन्द्र बहादुर केसीले सोमबार सुरक्षाको कारण देखाउँदै राजीनामा दिएका छन् ।

यस बाट के प्रष्ट हुन्छ भने भने निर्मलाको बलात्कार पछि हत्या गर्नहरुले सत्य लुकाउन खोजिरहेका छन् । किनकी सदस्य केसीले डिएनए टेष्टको कम्प्लीकेशनका बिषयमा समस्या देखाएको दोस्रो दिननै बलात्कार पछि हत्याका मुख्य आरोपी भनेर थुनामा राखिएका विष्टको डिएनए परीक्षण गर्दा मेल नखाएपछि अदालतले उनलाई जमानीमा छोडेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com