रुपन्देहीका सीडीओमाथि किन खनिए देउवा ?


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राय: कार्यक्रमा केपी ओली नेतृत्वको सरकारको आलोचना  गर्ने गर्दछन् । सँगसँगै नेकपाको चर्को विरोध पनि गर्छन् ।

तर आज बुटवलमा आयोजित एक कार्यक्रममा भने देउवा प्रमुख जिल्ला अधिकारी (सिडिओ) माथि खनिए ।

बुटवलको बुद्ध टेलिभिजनको एघारौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रुपन्देहीका सिडिओलाई मिडियामाथि हस्तक्षेप नगर्ने चेतावनी दिँदै भने, ‘यहाँ मिडियालाई कुनै पनि अवरोध सीडीओबाट भए हामीले काठमाडौमा आन्दोलन गर्नेछौं ।’ उनले मनपरि गरे सीडीओलाई आफूले ठेगान गराउने पनि बताए।

टेलिभिजन ११ औं साधारण सभा तथा अधिवशेन रोक्नको लागि  रुपन्देही सिडिओ उदय बहादुर रानाले निर्देशनमा सहायक सि.डि.अाे नायराण पाण्डेयले शुक्रबार पत्र पठाएका थिए  ।  सेयर सदस्य स्यामकली आर्चाय लगायतले टेलिभिजनको साधारण सभा र अधिवेशन रोक्न माग गरेको भन्दै  प्रशासनले साधारणसभा रोक्न सो पत्र पठाएको थियो । सो जानकारी पाएसँगै देउवा सीडीओमाथि खनिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिव तीन मिनेटको  सम्बोधनका क्रममा अधिकांश समय सीडीओमाथि खनिएका देउवाले पाँच नम्बर प्रदेशमा रहेका संचारमाध्यमले बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्नुपर्नेमा पनि जोड दिए ।

यस्तै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका नेता एवं संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी बुटवलबाट अन्तै सार्छौं भन्ने अभिव्यक्ति बेलबेलामा दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताए । कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान करबाट असुलिएको बताउँदै उनले भारतमा भने करको योगदान १२ प्रतिशत मात्र रहेको बताए ।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी,  नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठ, कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले  पनि मन्तब्य राखेका थिए ।
कार्यक्रममा  टेलिभिजनले बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायिका मना छन्तेल र लन टेनिस प्रशिक्षक विकास खड्कालाई नगदसहित सम्मान पनि गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com