कतारले विदेशीलाई पीआर सुविधा दिने


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

959_14_W020-012567A

कतारले आप्रवासीलाई स्थायी आवास दिन शुरु गर्दैछ । उसले आफ्नो देशमा लामो समयदेखि बसिरहेका विदेशीहरुलाई यस्तो सुविधा दिनेछ ।

यस्तो गर्ने यो पहिलो अरब खाडि मुलुक हुनेछ । अमिर शेख तमिम विन हमाद अल थानीले एक नयाँ कानुन जारी गरेका छन् जसले मंगलबार त्यहाँको सरकारले प्रत्यक वर्ष १०० जना आप्रबासीलाई स्थाई आवास प्रदान गर्न निर्देशन दिएका छन् ।

नयाँ कानुनले स्थायी आवास प्रदान गर्नको लागि कतारी आमाबाट जन्मेको बच्चाहरु प्राथमिकता दिनेछ । त्यस्तै २० वर्षभन्दा बढी समयदेखि कतारमा बसिरहेका विदेशीहरु पीआरको लागि योग्य हुनेछन् । यो सुविधा पाउनको लागि व्यक्तिमा ‘मुल्यवान सीप’ हुनुपर्ने कानुनमा उल्लेख छ ।

हाल २७ लाख विदेशी कतारमा बसोबास गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ कानुन अन्तर्गत पीआर पाएका आप्रबासीहरुले कतारी नागरिक समान सामाजिक सुरक्षाको हक पाउनेछन् । यसमा निशुल्क स्वास्थ सुविधा र सरकारी स्कुलमा शिक्षा समावेश छ । उनीहरुलाई सरकारी रोजगारीमा पनि प्राथमिकता दिइनेछ ।

नयाँ कानुनले पीआर पाएकाले कतारमै घरजग्गा किन्न पाउने व्यवस्था पनि गरेको छ ।

नयाँ कानुन कार्यन्वयनमा आइसकेपछि पीआर पा्रप्त व्यत्तिले आफ्नो कामदारको अनुमति बीनानै देश आउ जाउ गर्न सक्नेछन । हाल कतारमा विदेशीले देश भित्र बाहिर गर्नको लागि आफ्ना कामदारबाट अनुमाति लिनुपर्ने हुन्छ ।

यो ऐतिहासिक कानुन अनुसार हाल कतारको सेनामा कार्यरत विदेशीले पनि पीआरको लागि आवेदन दिन सक्छन् ।

भिजन २०३० 
विज्ञहरुले नयाँ कानुन कतारी राजा शेख तमिम विन हमाद अल थानीको महत्वकांक्षी ‘भिजन २०३०’ को हिस्सा भएको बताएका छन् । यस अन्तर्गत आगामी १० वर्षमा कतारलाई दीगो र आधुनिक राष्ट्र बनाउने लक्ष्य छ ।

कतारी समाचारपत्र ‘अल अरब’का प्रधान–सम्पादक अब्दल्लाह अल–अथवाहले नयाँ कानुनलाई कतारको ‘मानवीय पूँजी लगानीतर्फ’को पहिलो पाइला बताएका छन् । यसले राज्यको चिकित्सा, विज्ञान तथा इन्जिनियरिङ्गलाई फाइदा पुग्ने उनले बताए ।

वार्षिक १,२४,००० अमेरिकी डलर प्रति व्यक्ति आय भएका कतार विश्वको सबैभन्दा सम्पन्न राष्ट्र मध्य एक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com