अमेरिकाः शरणार्थीसम्बन्धी सहयोग बन्द गर्दै


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ।

अमेरिकी विदेश मन्त्रालयले युनाइटेड नेशन्स रिलिफ एण्ड वर्क्स एजेन्सी अन्रा ‘सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण’ रहेको जनाएको छ।

मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, “अमेरिकी प्रशासनले सो विषयलाई सावधानीपूर्वक समीक्षा गरेको छ र अन्रालाई अब थप योगदान पुर्‍याइने छैन।”

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको ‘ठाडो आक्रमण’ भएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दण्डात्मक
नाबिल अबु रुदैनाले समाचार संस्था रोयटर्सलाई भने, “यस्तो दण्डात्मक कदमले यो क्षेत्रमा संयुक्त राज्यको भूमिका अब नरहेको र ऊ समाधानको एउटा हिस्सा नरहेको तथ्यलाई बदल्न सक्ने छैन।”

उनले अमेरिकी निर्णय राष्ट्रसंघीय संकल्प प्रस्तावहरूप्रतिको एउटा अवज्ञा भएको समेत बताए।

अन्राका एकजना प्रवक्ता क्रिश गुनेजले शृङ्खलाबद्ध ट्वीटमार्फत् सो निकायको बचाउ गरेका छन्।

उनले लेखेका छन्, “अन्राका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्‌कालीन सहायता कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको सम्भावित सबैभन्दा कडा शब्दमा अस्वीकार गर्दछौँ।”

गत ज्यानुअरीमा अमेरिकाले अन्रालाई दिइने आधा जति रकम रोक्ने घोषणा गरेपछि पछिल्लो कदम चालेको हो।

स्थापना
खासमा सन् १९४८ को अरब-इजरेल युद्धका कारण विस्थापित हुन पुगेका हजारौँ प्यालेस्टिनीहरूको रेखदेख गर्न अन्राको स्थापना गरिएको थियो।

सो निकायले अहिले वेस्ट ब्याङ्क, गाजा र इजरेलका छिमेकी देशहरूमा ५० लाखभन्दा बढी मानिसलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दछ।

जेरुसेलम विवाद
अमेरिका सो निकायलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने दाताको रूपमा रहिआएको छ।

उसले सो क्षेत्रमा अन्राको करिब ३० प्रतिशत जति कामका लागि एक्लै सहयोग गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com