मन्त्रीले उद्घाटन गरेको अस्पताल नै अवैध


प्रकाशित मिति : मंसिर ९, २०७३ बिहीबार

नुवाकोटको तारुका १ जोरचौतारामा निर्माण गरेको गौरा–पार्वती सामुदायिक अस्पतालले अनुमति नै नलिइ भवन निर्माण गरेको पाइएको छ । अस्पतालले मापदण्ड पालना नगरी भवन बनाएको भेटिएको हो ।

सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको र भवनको मापदण्ड समेत पूरा नभएको पाँच शैयाको अस्पतालको उद्घाटन भवन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आइतबार हेलिकोप्टरमा आएर गरेका थिए ।

स्विट्जरल्यान्डका नागरिक बनहार्ट बुलर लगायतका विदेशी दाताको सहयोगमा ६५ लाख रुपैयाँमा निर्माण भएको निजी अस्पताल मन्त्रीले नै उद्घाटन गरेपनि नियामक निकाय जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटबाट अनुमति नै नलिएको कार्यालय प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिए ।

विदेशी दाताको सहयोगमा पर्यटयन व्यवसयाी मोहन लम्साल अध्यक्ष रहेको अस्पताल तत्कालको लागी पाँच कोठाका निर्माण गरी आइतबारदेखि सञ्चालनमा आएको हो । विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल गौरा–पार्वती सामुदायिक अस्पताल भनिए पनि स्थानीय केही सिमिति व्यक्तिको मात्र लगानी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच शैयाको गौरा–पार्वती सामुदायिक अस्पतालको मन्त्रीले उद्घाटन गरेपनि सञ्चालनको अनुमति मात्र नभई भौतिक पूर्वाधारको निर्माणमा समेत मापदण्डको मिचाई गरेको आरोप छ ।

‘व्यक्तिको निजी आवास निर्माणमा समेत कानुनी मापदण्ड, भूकम्प प्रतिरोधी लगायतका नियमहरुको पालना गर्नुपर्ने भए पनि अस्पतालको भवन कुखुरा फार्मको स्वरूपमा निर्माण गरिएको’, स्थानीयले बताएका काराेबारमा खबर छ ।

अस्पतालको उद्घाटन शहरी विकास मन्त्री केसी सहित सासद् तथा काङ्ग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको उपस्थिति थियो । स्वास्थ्य मन्त्री गगन थापा भने हेलिकोप्टरको व्यवस्था मिलाउन ढिलाइ हुदाँ अनुपस्थित भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com