हङकङकी रचनाको प्रेमिल शब्दमा गायीका प्रविशाको जादुमयी स्वर (भिडियो )
प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार
विदेशी भूमिमा कामको ब्यस्ततासँगै सामाजिक क्षेत्रमा पुर्याएको योगदानबाट आफुलाई अग्रणी महिलाको रुपमा उभ्याईरहेकी रचना प्रधानको प्रेमिल शब्दमा एउटा शुन्दर गीत तयार भएको छ ।
गायक श्रीमान नरेन्द्र श्रेष्ठको संगितमा तयार गरिएको गीतमा गायीका प्रविशा अधिकारीले स्वर भरेकी छन् । एल्बम उड्ने रहरमा समाविष्ट गीतलाई अनिल शाहीले एरेन्ज गरेका हुन् ।
पछिल्लो समय निर्माण भएको उक्त गीतको भिडियोले दर्शकहरुको मन जितिरहेको छ । रायन कार्कीको निर्देशनमा निर्मित भिडियोमा प्रेमिप्रेमीकाको मार्धुयता र सामिप्यतालाई देखाईएको छ । भिडियोमा सानज्ञया र विकासको जोडीको रोमान्स देख्न सकिन्छ ।
भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।





