राजनीति यूरो पठाएर नेपाललार्इ ध्वस्त पार्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी ओलीले सरकारविरुद्ध देशी, विदेशी षडयन्त्र भइरहेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले डलर, युरो पठाएर नेपाललाई ध्वस्त पार्ने षडयन्त्र भइरहेको बताएका हुन्। उनले सरकारले अवैधानिक ढंगबाट हुने आर्थिक कारोबार रोक्ने र कानुन सम्मत अघि बढने पनि स्पष्ट पारे।

नेपाल राष्ट्रिय इन्जिनियर संगठन र प्रोग्रेसिब इन्जिनियर प्रोफेशनल एशोसिएशनबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले सरकारलाई नियन्त्रणकारीको आरोप लगाएर हुने कुनै पनि षडयन्त्रलाई सरकारले सफल हुन नदिने दृढता पनि व्यक्त गरे

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ आयाम दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको दावी गरे। उनले चुनाव जित्न र मुलुकलाई समृद्ध बनाउने योजनामा मात्रै दुई पार्टीबीचको एकतालाई नबुझ्न पनि आग्रह गरे। अध्यक्ष दाहालले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि आग्रह गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com