अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् । आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान गर्ने उनीहरुले बताएका हुन् ।

प्रमुख कार्यकारी लेज मुन्भेसले यौन दुव्र्यवहार गरेको ६ जना महिलाले बताएपछि उनको संस्थाका निर्देशकहरुले छानबिन गर्ने बताएका हुन् ।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चार जनाले पनि बैठकका दौरानमा आफूहरूलाई मुन्भेसले जबर्जस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गल्ती स्वीकार गर्दै आफ्नो कारणले केही महिलालाई असहज भएको हुन सक्ने ६८ वर्षीय मुन्भेसको भनाइ छ । यद्यपि यौन दुव्र्यवहार गरेको आरोपको भने उनले खण्डन गरेका छन् ।

आफूले महिलाहरुलाई बुझ्ने र सम्मान गर्ने गरेको बताएका छन् । यौन दुव्र्यवहार गरेको आरोपपछि मुन्भेसले राजीनामा दिएका छन् । तर टेलिभिजन व्यवस्थापनले एउटा वक्तव्य जारी गर्दै मुन्भेसमाथि लगाइएका आरोपबारे छानबिन गरेर थप निर्णय लिने स्पष्ट पारेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com