असार ३२ गतेदेखि दुई बालिका बेपत्ता


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

खोटाङमा एकैसाथ दुई बालिका बेपत्ता भएका छन्। गत असार ३२ गते रातिदेखि खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ बेपत्ता भएका हुन्।

स्थानीय पञ्चायत रजतजयन्ती आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत सपना र कक्षा ३ मा अध्ययनरत अनिताको खोजी भइरहेको भएपनि हालसम्म कुनै पत्ता नपरेको आफन्तले बताएका छन्। बेलुका खाना खाएर सुतेकी अनिता र सपना रातिबाटै सम्पर्क बिहिन बनेको सपनाकी दिदी सबिना तामाङले बताइन्।

दुई बालिका आफै सम्पर्क बिहिन बनेको वा कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको हो भन्ने खुल्न सकेको छैन। आफन्त र सम्भावित ठाउँमा खोजी पर्दा पनि बालिका फेला नपरेपछि परिवारमा रुवाबासी चलेको छ। बालिका बेपत्ता भएको बिषयमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए।

बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय गाईघाटलाई जानकारी गराएको आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा समेत हुलिया दिने तयारी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com