मृत्यु भएको १० दिनपछि मेयर तारा सुब्बाको फेस्बुक चलेपछि…


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासि स्टाटस राखिएपछि सबै छक्क परेका छन् ।

बिहीवार दिउँसो करीब साढे १ बजेको समयमा आएको स्टाटसपछि उनको आईडीबाट कसरी यस्तो स्टाटस आयो भनेर चिनेजानेका व्यक्ति छक्क परेका हुन् । उनको स्टाटसमा ‘आई लभ यू धरान’ उल्लेख गरिएको छ ।

‘कसले चलाउँदैछ उनको आईडी’, ‘मिस यू तारा कम्रेड’ लगायतका कमेन्ट आएपछि करीब १ घण्टाको समयसम्म पनि धेरैले स्टाटसमा कमेन्ट गरिरहेका छन् । कमेन्ट गरेकाले कसले फेसवुक आईडी चलाएको र किन चलाएको तथा कहाँबाट सञ्चालित छ भन्ने प्रश्न राखेका छन् ।

गत मंगलवार काठमाडौंमा उपचारको क्रममा निधन भएका राईको  साउन ५ गते धरानमा अन्त्यष्टि भएको थियो । मृत्यु भएको १० दिनपछि आएको स्टाटसले अहिले उनका आफन्तलाई मात्र हैन, उनका निकटलाई पनि अचम्मित बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले यस बारेमा केही जानकारी नभएको र बुझेर बताउन सकिने बताइन् । उनले भनिन्, ‘यस बारेमा मैले बुझेर जानकारी गराउँछु ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com