जाँदाजाँदै कानुनमन्त्रीले भने : ‘जसलाई सम्मान गरेँ उसैबाट लखेटिनुपर्यो’
प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार
कानुनमन्त्री शेरबहादुर तामाङलले राजीनामा दिएका छन्। मन्त्री तामाङले मंगलबार मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिएका हुन्। उनले निकै लामो भूमिका बाँध्दै राजीनामाको घोषणा गरे।
मन्त्री तामाङ राजीनामा दिने क्रममा निकै भावुक हुँदै भने, ‘मैले सधैँ नेपाली नारीप्रति सम्मान गर्दै आएको छु। तर, जुन विषयमा सबैभन्दा बढी काम गरेँ अहिले त्यही विषयले मलाई सबैभन्दा बढी लखेट्यो।





