पति वा पत्नीसँग छुटकारा पाउन चाहनुहुन्छ , यो होटलमा जानुहोस् ४८ घण्टामै डिभोर्स पक्का


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

यदि तपाइँको वैवाहिक जीवन सुखद छैन र आफ्नो पति वा पत्नीसँग छुटकारा पाउन चाहनुहुन्छ भने यो होटलमा जानुहोस् । यस होटलमा गएको ४८ घण्टाभित्र तपाइँको डिभोर्स पक्का हुनेछ ।
नेदरल्याण्डमा रहेको यस होटलको नाम हो हार्टब्रेक होटेल । उक्त होटेलमा पाहुना बनेर विवाहित दम्पत्तिहरु आउँछन् । तर होटलबाट चेकआउट गर्दा भने एकल महिला तथा एकल पुरुष भएर निस्कन्छन् । त्यसैले यो होटेल डिभोर्स होटलको नामले पनि चर्चित छ ।

यो होटलभित्र दम्पत्तिहरुलाई सम्बन्ध विच्छेदका लागि प्रोत्साहन गर्ने वातावरण उपलब्ध छ । डिभोर्सलाई कानूनी रुपमै अघि बढाउनका लागि वकिलको व्यवस्था पनि गरिएको छ ।

साथै बालमनोविज्ञ तथा वित्तीय सल्लाहाकार सेवा पनि त्यहाँ उपलब्ध गराइन्छ, जसले बालबच्चाको लालनपालन, सम्पत्ति बाँडफाँड, क्षतिपूर्ति, खर्चपर्च आदिको टुंगो लगाउँदछन् ।

यो होटलमा केवल विवाहित दम्पत्तिले मात्र प्रवेश पाउँदछन् । वास्तवमा डिभोर्स गर्ने मनसायमा रहेका जोडीहरु सजिलोका लागि उक्त होटलमा पाहुना बनेर जान्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो दिनको गहन छलफल र डिभोर्स गर्ने सहमतिसँगै दोश्रो दिन डिभोर्सको कागजमा दुबै जनाको सहीछाप गराइन्छ । अनि तेश्रो दिन कागजलाई अदालतमा पेश गरिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com