सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढायो ,अब टेलिभिजन शुल्क पनि महँगिने


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

काठमाडौँ । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ । आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com