रेलले जोडिँदै दुई कोरिया


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ। यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ।
रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ।

यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा सञ्चालन गर्ने विषयमा गत महिना पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो।
दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाउँ पानुमजोममा अवस्थित ‘पिस हाउसमा अर्को हप्ता यस विषयको बैठक बस्ने भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा सञ्चालन गर्ने र कम्तीमा पनि दुवै देशको भू–भाग भएर जोड्ने विषयमा कुराकानी हुने बताइएको छ।
यो प्रयासका बारेमा यी देशबीच गत महिना पहिलो पटक यसरी वार्ता भएको हो। त्यसै बैठकको सहमति बमोजिम आगामी हप्ता दुवै देशको संयुक्त बैठक बस्न लागेको हो।
यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ।

गत महिना भएको यसै विषयको बैठकमा दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य सहभागी भएका थिए।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ताका साथै शान्ति सम्झौता पनि भएको छ।
त्यस्तै अमेरिका र उत्तर कोरियाबीच पनि यही गत जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो वार्तापछि उत्तर कोरियाले निशस्त्रीकरण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ। हाल उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया केही नरम भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com