‘डा. केसीको माग जायज : प्रचण्ड’ भन्ने समाचारमा सत्यता छैन


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

काठमाडौं – डाक्टर गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उहाँका निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा. केसीको माग जायज : प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।’

अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ ।रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com