रोजगारीका लागि साउदी पुगेका ३८ नेपाली अलपत्र


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन्।

विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन्।

साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि खोटाङका १४ जना अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिइन्।

अलपत्र पर्नेमा सिन्धुलीका तीन, मकवानपुरका दुई, भोजपुरका एक, सर्लाहीका दुई, म्याग्दीका एक, बाग्लुङका एक, डडेल्धुराका एक, कैलालीका एक, दैलेखका दुई र रामेछापका एक छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्याट्रिङको कामका लागि भन्दै काठमाडौँ चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरूले काम गरेपनि तोकिएको समयमा तलब नपाएपछि सोमबार काममा जान इन्कार गरेका थिए।

तलब नदिएपछि एक दिन काम छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिए।

काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरूले एक दिन काम अस्वीकार गरेको बताइएको छ। अलपत्र युवाले युवाको तत्काल उद्धार गरिदिन सूचना केन्द्रलगायत सम्बन्धित निकायमा माग गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com