अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहाल फेरी चर्चामा (भिडियोसहित)


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

नेपाली संगतिक्षेत्रकी नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत ‘पानी कुवाको’ बाट । स्मिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डकी नातिनी हुन ।

शुभ मिडिया होमले बजारमा ल्याएको गीत हो ‘पानी कुवाको’ । गीतको बोलमा अभिनय गरेका छन् कार्टुन क्रू, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालको । गीतमा स्वर सरोज ओली र स्मिता दाहालको रहेको छ ।

कबिराजको निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन । यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि निकै चर्चित भएको थियो ।

स्वरमा आफ्नै मौलिकता भएकी स्मिताको यो गीत अहिलेसम्म युटयूबमा ट्रेण्डिङ क्रममा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्मिताको नयाँ गीत २४ घण्टा नपुग्दै १ लाख ७७ हजार भन्दा बढी हेरिसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com