अष्ट्रेलियाको अभिभावक भिसामा यो आर्थीक वर्ष देखी यी परिवर्तन
प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार
अष्ट्रेलियाको अभिभावक भिसामा नयाँ आर्थिक वर्ष देखि केही परिवर्तन देखिएका छन् । जुलाई देखि अभिभावक भिसाको लागि पर्थ भिसा र सिटिजनसिप अफिसमा पेश हुने बताइएको छ ।
त्यस्तै, अष्ट्रेलियाको अभिभावक भिसाको लागि निवेदन शुल्कमा वृद्धि भएको छ । अविभावक भिसा १७३ को लागि पेश गर्नेहरुको लागि निवेदन शुल्क २ हजार ५ सय ४० डलरबाट बढेर २ हजार ५ सय ९५ डलर पुगेको छ । अभिभावक भिसा १४३ , ८८४ र ८६४ को लागि निवेदन शुल्कमा ८५ डलर बढेर ३ हजार ८ सय ५५ सलर पुगेको छ ।
कन्ट्रीब्युटरी अभिभावक भिसा प्रोसेसमा लाग्ने समय पनि बढिरहेको छ । उक्त समय यो वर्ष अझ बढेर साढे ४ वर्ष पुग्न सक्ने बताइएको छ ।





