दुई पेस्तोल र ५६ राउण्ड गोलीसहित चक्रे मिलनका सहयोगी सुब्बा पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

प्रहरीले गुण्डा नाइके चक्रे मिलन समुहका प्रमुख सहयोग मध्यका एक रोशन सुब्बालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले सुब्बा पेस्तोल र गोली सहित पक्राउ परेको जानकारी दिए ।

सुब्बालाई ललितपुरको खुमलटारस्थित उनकै कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट दुईवटा पेस्तोलसहित र त्यसका लाग्ने ५६ राउण्ड गोली बरामद जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com