अष्ट्रेलियामा एक नेपाली युवक बलात्कार मुद्दामा दोषी ठहर, ६ वर्ष भन्दा बढीको जेल सजाय


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । नेपालका २९ वर्षीय इन्द्र भण्डारीलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष ६ महिनाको जेल सजाय सुनाएको डेली मेलले उल्लेख गरेको छ ।

भण्डारी मेलबर्नमा बरिस्टको काम गर्दै आएका थिए । गत वर्ष अर्थात २०१७ को मार्च महिनाको एक दिन उनी एक २३ वर्षीय युवतीसंग संगै पब गएका थिए । त्यहाँ उनीहरुले ‘किस’ गरेको अदालतको बयानमा बताएका छन् । त्यसपछि पार्कमा जाँदा पनि उनीहरु बीच ‘किस’ भयो ।

राती भएको र अर्को दिन बिहानै काममा जानु पर्ने भएकोले ती युवतीले भण्डारीलाई आफ्नो घरमै रात काट्ने अनुमती दिइन्। त्यसपछि भण्डारी एउटा कोचमा सुते र ती युवतीले उनकै अगाडी आफ्नो केही लुगा खोलेर अर्धनग्न भइ अर्को कोचमा सुत्न गइन् । तर, आफू सुतिसकेपछि भण्डारीले जबर्जस्ति गरेको बताएकी छिन् । उनले आफूले चुम्बन गर्नु र रात काट्न दिनु शारीरिक सम्पर्कको लागि नभएको बताउंदै ती भण्डारीलाई घर छोड्न भनेको तर उनले जबर्जस्ती गरेको बताएकी छिन् ।

बयान पछि अदालतले बलात्कार ठहर गर्दै भण्डारीलाई ६ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । उनले आफ्नो त्यो अपराध प्रति पछुतो लागेको बताएका छन् । राम्रो व्यवहार गरेमा ४ वर्षमा उनलाई जेल सजायबाट मुक्त गरिने भएतापनि उनलाई देश निकाला गरिने सम्भावना बढी भएको अष्ट्रेलियन संचारमाध्यमले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com